इन्जिनको आयु बढाउने नानो इनर्जाइजरको नेपाल यात्रा दशौं वर्षमा अघि बढ्दै

  • Technology Khabar | ४ चैत्र २०८२, बुधबार
इन्जिनको आयु बढाउने नानो इनर्जाइजरको नेपाल यात्रा दशौं वर्षमा अघि बढ्दै

काठमाडौं ।

कोरिया इन्स्टिच्युट अफ नानो टेक्नोलोजीद्वारा उत्पादित नानो इनर्जाइजर नेपालमा बिक्री वितरण हुन थालेको दश वर्ष भएको छ।
नेपालमा अटो नेपाल बिजनेस ट्रेडलिंकले विगत १० वर्षदेखि नेपालका विभिन्न शहरहरुमा यो उत्पादनलाई बिक्री वितरण गर्दै आइरहेको छ।

विश्वको नम्बर १ नानो टेक्नोलोजी प्रयोग भएको,नानो इनरजाइजर प्लेटिनम कोटेड सेरामिक नानो पाउडरबाट बनेको हो।

कम्पनीका अनुसार नानो इनर्जाइजरले दीर्घकालीन सुरक्षात्मक र प्रभावकारी इन्जिन पुनर्स्थापना गर्दछ। यसको प्रयोगले ५ देखि २० प्रतिशत इन्धन खपत बचत र ३ देखि ९ गुणा कम कार्बन उत्सर्जनमा थप लाभहरू प्रदान गर्ने कम्पनीका डाईरेक्टर रोशनकुमार श्रेष्ठले बताए।

कम्पनीले दावी गरे अनुसार यो स्टिलभन्दा २० गुणा बलियो छ र उच्च ताप प्रतिरोध छ, त्यसैले यसको प्रयोगपछि ३०,००० किलोमिटर वा २ वर्षसम्मको लागि आयु प्रभावकारी हुन्छ।

सिधैं इन्जिन, गियर बक्स र स्टेरिङ बक्सहरुमा मात्र हालिन्छ नानो इनर्जाइजर ३० एमएलको प्याकहरूमा आउँछ  र यसको प्रविधिले अझै सुधार र थप टिकाऊ गर्न मद्दत गर्दछ।

इन्जिन भित्रको पिस्टन र सिलिन्डरको भित्ताहरू बीचको निरन्तर घर्षण गतिको कारण, इन्जिन ब्लकले कमजोर हुने हुँदा यसले इन्जिन ब्लकलाई चरम अवस्थामा सुरक्षित गर्न र पुनर्स्थापना गर्न मद्दत गर्ने कम्पनीले दावी छ।

प्रकाशित: ४ चैत्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार