
काठमाडौं ।
गुगलले गुगल प्ले गेम्समा गेम ट्रायलको घोषणा गरेको छ। नामले संकेत गरेझैं यो सुविधाले प्रयोगकर्तालाई पेड टाइटल (सशुल्क शीर्षक) को पूर्ण संस्करण निःशुल्क परिक्षण गर्न दिनेछ। साथै खेलको परीक्षण पछि मनपरेको खण्डमा भने खेललाई सहज रुपमा खरिद गर्न सकिने र प्रयोगकर्ताले छोडेको ठाउँबाट आफ्नो खेल सुरु गर्न सक्नेछन्। मोबाइलमा सेलेक्ट पेड गेम्स (सशुल्क खेलहरू चयन गर्न)को लागि गेम ट्रायल्स (खेल परीक्षणहरू) चाँडै नै रोल आउट हुनेछन् भने अन्ततः पीसीको लागि गुगल प्ले गेम्समा पनि उपलब्ध हुने बताइएको छ।
त्यसबाहेक, सेलेक्ट पेड गेम्स (चयन गरिएका सशुल्क खेलहरू) मा एक पटक टाइटल खरिद गरेपछि खेलको मोबाइल र पीसी दुवै संस्करणहरूमा पहुँच गर्न सकिनेछ। “एक पटक किन्नुहोस्, जहाँसुकै खेल्नुहोस्” भनि गुगलले बताएको छ। यो पहिले नै रेइन्स सिरिज, ओटीटीटीडी र डन्जियन क्रलरमा रोल आउट भइरहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
गुगलले “दर्जनौं लोकप्रिय खेलहरू” को लागि अंग्रेजीमा कम्युनिटि पोस्टहरू पनि प्रस्तुत गर्दैछ भने “थप भाषाहरू र खेलहरू चाँडै आउँदैछन्”। यसले प्रयोगकर्तालाई “गुगल प्ले भित्र टिप्स (सुझावहरू) र ट्रिक्स (चालहरू) स्वाप गर्न समर्पित ठाउँ” दिनेछ।
प्रयोगकर्ताले अब “प्लेबाट डाउनलोड गरिएका सेलेक्ट पेड गेम्ससँग” साइडकिक प्रयोग गर्न सक्नेछन्। यो “एक उपयोगी इन–गेम ओभरलेले सान्दर्भिक गेमिङ जानकारी क्युरेट गर्दछ र तपाईंलाई एआई–उत्पन्न गेम सुझावहरू दिन्छ, ताकि तपाईं खेलमा रहन सक्नुहुन्छ” भनि गुगलले बताएको छ।
कम्पनीले थप पेड टाइटल्स (सशुल्क शीर्षकहरू) समावेश गर्न खेलहरूको आफ्नो सूची विस्तार गरिरहेको बताएको छ। आगामी महिनाहरूमा, मुनलाइट पीक्स, स्लेडिङ गेम र लो–बजेट रिपेयर्स जस्ता “बहुप्रतिक्षित इन्डी गेम्स” (खेलहरू) गुगल प्लेमा अवतरण हुने अपेक्षा गरिएको छ। सिङ्क गरिएको प्रगतिको साथ यिनीहरुले मोबाइल र पीसी दुवैमा काम गर्नेछन्।
प्रकाशित: ३० फाल्गुन २०८२, शनिबार