ताजा समाचार

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा रवि चुडाल पक्राउ, लागुऔषध सम्बन्धी कसुरमा पनि मुद्दा दर्ता भएको खुलासा

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा रवि चुडाल पक्राउ, लागुऔषध सम्बन्धी कसुरमा पनि मुद्दा दर्ता भएको खुलासा
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।
Global IME Bank

प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–४ सुकेधारा बस्ने ४३ वर्षीय रविरत्न चुडाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।

उनले भने, “साङ्केतिक नाम ०८२ धरान ३८ को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रविरत्न चुडाल भएको विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा फरार रहेका निजलाई काठमाडौँ–४ सुकेधाराबाट पक्राउ गरिएको हो।”

निजलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरान, सुनसरी पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए।

त्यसैगरी, निजविरुद्ध २०६७ जेठ १९ गते लागुऔषध नियन्त्रण ब्यूरोबाट लागुऔषध (चरेस)सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। रासस

Sajilo Visa
easy care