
काठमाडौं ।
पोकोले भारतमा सी–सिरिजमा पछिल्लो इन्ट्रिको रुपमा पोको सी८५एक्स अनावरण गरेको छ। पोको सी८५एक्समा ६,३०० एमएएच ब्याट्रीको साथ १०,९९९ भारतीय रुपैयाँको आकर्षक सुरुवाती मूल्य रहेको छ।
यो डिभाइसमा ६.९ इन्चको एचडी+ १२०हर्ज आईपीएस एलसीडी समावेश गरिएको छ भने ८ मेगापिक्सेलको सेल्फी क्यामराको लागि नच कटआउट पनि रहेको छ। डिभाइस्को पछाडिको भागमा एक सहायक लेन्सको साथ एउटा ३२ मेगापिक्सेलको मुख्य क्यामरा समावेश गरिएको छ।
नियमित पोको सी८५ को जस्तै सी८५एक्समा मिडियाटेकको डाइमेन्सिटी ६३०० को साथ ४जीबी र्याम र ६४÷१२८जीबी स्टोरेज समावेश गरिएको छ। साथै अनबोर्डमा रहेको माइक्रोएसडीएक्ससी कार्ड स्लट मार्फत स्टोरेज विस्तार गर्न सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
डिभाइसमा रहेको ६,३०० एमएएच ब्याट्रीले १५वाट वायर्ड चार्जिङलाई समर्थन गर्दछ भने ७.५वाट गतिमा रिभर्स वायर्ड चार्जिङ पनि प्रदान गर्दछ। सफ्टवेयर पक्ष एन्ड्रोइड १६ मा आधारित शाओमी हाइपरओएसद्वारा कभर गरिएको छ।
पोको सी८५एक्स कालो, सुनौलो र हरियो रङ्गहरूमा आउने बताइएको छ। डिभाइसको ४/६४जीबी ट्रिमको मूल्य १०,९९९ भारतीय रुपैयाँ (१२० अमेरिकी डलर) कायम गरिएको छ भने ४/१२८जीबी संस्करणको मूल्य ११,९९९ भारतीय रुपैयाँ (१३० अमेरिकी डलर) हुनेछ। भारतमा खुला बिक्री मार्च १४ मा सुरु हुने तालिका रहेको छ।
प्रकाशित: २८ फाल्गुन २०८२, बिहीबार