फेसबुकबाट अफवाह फैलाउने तथा भारतिय प्रधानमन्त्रिको डीप फेक भिडियो पोष्ट गर्ने व्यक्तिहरु पक्राउ

  • Technology Khabar | २० फाल्गुन २०८२, बुधबार
फेसबुकबाट अफवाह फैलाउने तथा भारतिय प्रधानमन्त्रिको डीप फेक भिडियो पोष्ट गर्ने व्यक्तिहरु पक्राउ
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत झुट्ठा अफबाह फैलाएको आरोपमा एक युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय ईनरुवा, सुनसरीले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो अपलोड तथा सेयर गरी झुट्टा अफवाह फैलाउने कार्य गरेको आरोपमा इनरुवाका २७ वर्षिय रामचन्द्र ठाकुरलाई पक्राउ गरेको हो।

उनले रामचन्द्र ठाकुरनामको फेसबुक आईडीबाट प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई प्रभाव पार्ने गरी सामाजिक संजालमा भिडियो अपलोड तथा सेयर गरी समाजमा झुट्टा अफवाह फैलाउने कार्य गरेको बताईएको छ।

ठाकुरलाई साइवर ब्यूरोको प्राविधिक सहयोगमा निजले अफवाह फैलाउन प्रयोग गरेको मोवाईल डिभाइस सहित इनरुवा महेन्द्र चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, भारतीय प्रधानमन्त्रीको डिप फेक भिडिओ पोस्ट गरी समाजमा घृणा द्वेष फैलाउने गतिविधि गरेको आरोपमा भरतपुर महानगरपालिका वडा नम्बर १६ का नन्दप्रसाद भट्टलाई प्रहरीले पक्राउ गरेको छ।

फेसबुक लगायतका सामाजिक सञ्जालमा भ्रमपूर्ण अफवाह फैलाउने उदेश्य तथा निर्वाचन गतिविधिलाई प्रत्यक्ष असर पार्ने गरि भारतिय प्रधानमन्त्रिको एआई जेनेरेटेड डीप फेक भिडियो पोष्ट गरी समाजमा घृणा द्वेष फैलाउने गतिविधि गरेको भन्दै  साईबर व्यूरोको प्राविधिक सहयोगको आधारमा भट्टलाई विद्युतिय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरीले पक्राउ गरेको बताएको छ।

उनलाई फागुन २० गते भरतपुर महानगरपालिका वडा नं. १० बाट नियन्त्रणमा लिई छानविन तथा थप अनुसन्धान कार्यहरू भईरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रबिन्द्र खनालले जानकारी दिए।

प्रकाशित: २० फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार