सामसङले अनप्याक्ड इभेन्टमा सार्वजनिक गर्यो ग्यालेक्सी एस२६ र एस२६प्लस फ्ल्यागशिप स्मार्टफोन

  • Technology Khabar | १४ फाल्गुन २०८२, बिहीबार
सामसङले अनप्याक्ड इभेन्टमा सार्वजनिक गर्यो ग्यालेक्सी एस२६ र एस२६प्लस फ्ल्यागशिप स्मार्टफोन
फोटो सौजन्यः गीज्मोचाइना

काठमाडौं ।

सामसङले ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा ग्यालेक्सी एस२६ अल्ट्रासँगै आफ्ना नवीनतम फ्ल्यागशिप स्मार्टफोनहरू ग्यालेक्सी एस२६ र ग्यालेक्सी एस२६प्लस आधिकारिक रूपमा अनावरण गरेको छ।

ग्यालेक्सी एस२६ र ग्यालेक्सी एस२६प्लसको स्पेसिफिकेशनहरूः

ग्यालेक्सी एस२६ मा ६.३ इन्चको एफएचडीप्लस (२३४० × १०८० पिक्सेल) इन्फिनिटी–ओ डायनामिक एएमओएलईडी २× डिस्प्ले छ भने ग्यालेक्सी एस२६प्लसमा ठूलो ६.७ इन्चको क्यूएचडीप्लस (३१२० × १४४० पिक्सेल) डिस्प्ले रहेको छ। दुवै डिस्प्लेहरूमा १–१२० हर्ज एडाप्टिभ रिफ्रेस रेटको साथमा कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ द्वारा सुरक्षित गरिएको छ।

ग्यालेक्सी एस२६ सिरिज सामसङ एक्सिनोस २६०० प्रोसेसर वा क्वालकम स्न्यापड्रागन ८ एलिट जेन ५ फर ग्यालेक्सी गरी क्षेत्र अनुसार दुई चिपसेट विकल्पहरूका साथ उपलब्ध हुनेछ।

दुवै चिपहरू ३एनएम प्रक्रियामा निर्मित छन्। सिरिजमा रहेको पुनः डिजाइन गरिएको भेपर च्याम्बरले २९ प्रतिशत सम्म हिट डिसिपेसन (तापक्रम व्यवस्थापन) सुधार गर्दछ।

एस२६ सिरिज वन यूआई ८.५ को साथ एन्ड्रोइड १६ मा आधारित छ। सफ्टवेयरले न्याचुरल ल्याङ्गवेजको फोटो सम्पादनको लागि फोटो असिस्ट, स्मार्ट सुझावहरूको लागि नाउ नज, स्टिकर क्रिएसनको लागि क्रिएटिभ स्टुडियो र पर्सनल (व्यक्तिगत) रिमाइन्डरका साथै अपडेटहरूको लागि नाउ ब्रीफ जस्ता उन्नत एआई सुविधाहरू प्रदान गर्दछ।

ग्यालेक्सी एस२६ सिरिजमा १/१.५६″ सेन्सर, एफ/१.८ एपर्चर र ओआईएस सहितको शक्तिशाली ५० मेगापिक्सेलको मुख्य क्यामरा, १२० डिग्री फिल्ड अफ भ्यू भएको १२ मेगापिक्सेलको अल्ट्रा–वाइड लेन्स र ३× अप्टिकल जुम भएको १० मेगापिक्सेलको टेलिफोटो लेन्स रहेको छ। प्रोभिजुअल इन्जिनद्वारा संचालित यी क्यामराहरूले कुनै पनि प्रकाश भएको अवस्थामा असाधारण स्पष्टता र विवरण प्रदान गर्दछ।

यी डिभाइसहरूमा उपलब्ध नाइटोग्राफी सुविधाले मधुरो सेटिङहरूमा पनि जीवन्त विवरणहरू खिच्दै लो–लाइट (कम प्रकाश) को फोटोग्राफीलाई थप रोचक बनाउने उल्लेख गरिएको छ।

तिनीहरूले ६०एफपीएसमा फोरके भिडियो रेकर्डिङ र ३०एफपीएसमा एट के समर्थन गर्दछन्। सेल्फीहरूको लागि यी डिभाइसहरूमा १२ मेगापिक्सेलको फ्रन्ट क्यामरा समावेश गरिएको छ। उक्त फ्रन्ट क्यामराले फोरके ६०एफपीएस रेकर्डिङलाई समर्थन गर्दछ र प्राकृतिक, विस्तृत सेल्फीहरूको लागि एआई–संचालित फिचरहरु उपलब्ध छ।

ग्यालेक्सी एस२६ मा ४३०० एमएएच ब्याट्री समावेश गरिएको छ भने ग्यालेक्सी एस२६प्लसमा ठूलो ४९०० एमएएच ब्याट्री रहेको छ। दुवै डिभाइसहरूले अल्ट्रा–फास्ट चार्जिङलाई समर्थन गर्दछ र एस२६प्लसले ४५वाट वायर्ड चार्जिङ प्रयोग गरेर केवल ३० मिनेटमा ६९ प्रतिशत चार्ज गर्न सक्ने बताइएको छ।

डिभाइसहरूले २०वाट क्यूआई२ वायरलेस चार्जिङ र सुविधाजनक अन–द–गो पावरको लागि वायरलेस पावरशेयर पनि प्रदान गर्दछन्।

दुवै डिभाइसहरूमा उपलब्ध धुलो र पानी प्रतिरोधको लागि आईपी६८ रेटिङले विभिन्न वातावरणमा टिकाउपन सुनिश्चित गर्दछ। कनेक्टिभिटीको लागि, डिभाइसमा फाइभजी, वाई–फाई ७, ब्लुटुथ ५.४, यूएसबी–सी र डुअल सिम समावेश छन्।

मूल्य निर्धारण र उपलब्धताः

ग्यालेक्सी एस२६ को १२जीबी + २५६जीबी मोडेलको लागि ८९९.९९ अमेरिकी डलरबाट मूल्य सुरु हुन्छ भने ग्यालेक्सी एस२६प्लसको १,०९९.९९ अमेरिकी डलरबाट मूल्य सुरु हुन्छ।

दुवै डिभाइसहरू सिल्भर श्याडो, पिङ्क गोल्ड, कोबाल्ट भायोलेट, स्काई ब्लू, ह्वाइट र ब्ल्याक रङ्गहरूमा उपलब्ध हुनेछन् सामसङ डट कममा प्रि–अर्डरहरू सुरु भएको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १४ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार