ग्रहहरुको दुर्लभ ‘परेड’ फेब्रुअरीको साँझमा फेरि देखिने

  • Technology Khabar | १४ फाल्गुन २०८२, बिहीबार
ग्रहहरुको दुर्लभ ‘परेड’ फेब्रुअरीको साँझमा फेरि देखिने
सन् २०२५ को फेब्रुअरी २८ को साँझ सूर्यास्त पछि ग्रहहरू देखा पर्नेछन्। (स्टार वाक)

काठमाडौं ।

ग्रहहरुको दुर्लभ ‘परेड’ यस हप्ता साँझको आकाशमा फेरि देखिने भएको छ। फेब्रुअरी २८ मा साँझको आकाशमा ६ वटा ग्रह एकैसाथ चम्किनेछन्।

ग्रहहरुको परेडले पृथ्वीका ६ छिमेकी ग्रहलाई एकैपटक रातको आकाशमा ल्याउनेछ, तर यसलाई देख्न सजिलो हुने छैन। नासाका अनुसार, यदि फेब्रुअरी २८ शनिबार पश्चिमतर्फ खुला आकाश र सफा मौसम भएमा, भित्री दुई ग्रह शुक्र र बुध, शनि नजिक देख्न सकिन्छ भने वरुण, अरुण र वृहस्पति पनि रातको आकाशमा देखिनेछन्।

समय छोटो हुनेछ किनकि शुक्र, बुध, शनि र वरुण सूर्यास्तपछि केही समय मात्रै देखिनेछन्। शुक्र, बुध र शनि नांगो आँखाले देख्न सकिन्छ, यद्यपि दूरबिन प्रयोग गर्दा सजिलो हुनेछ। साँझपख शुक्र र बुध क्षितिज नजिक देखिनेछन् भने शनि अलि माथि हुनेछ।

लाइभसाइन्सका अनुसार वरुण शनिकै छेउमा हुनेछ, तर यसलाई राम्रोसँग हेर्न ६ इन्च (१५ सेमी) टेलिस्कोप आवश्यक पर्नेछ र साँझको उज्यालोमा त्यो पनि कठिन हुन सक्छ। यी चार ग्रह सूर्यास्तपछि करिब आधा घण्टामा आकाशमा देखिनेछन् र करिब ४५ मिनेटसम्म रहनेछन्।

शुक्र, बुध, शनि र वरुण अवलोकन गरेपछि दक्षिणतर्फ माथि हेर्दा वृहस्पति मिथुन तारामण्डलमा देखिनेछ। यो निकै चम्किलो हुने भएकाले सजिलै चिनिन्छ। ओरायन अर्थात् मृगशिरा क्षेत्रका तीन तारा अन्य चार ग्रह र वृहस्पति बीच करिब बीचतिर पर्छन्। यो ठूलो ग्रह स्थिर सेतो प्रकाशझैँ देखिन्छ र ताराजस्तो चम्कँदैन।

सातौं ग्रह अरुण पनि रातको आकाशमा हुनेछ, तर यसलाई दूरबिन वा सानो टेलिस्कोपले राम्रोसँग देख्न सकिन्छ। यसलाई भेट्न ओरायन्स बेल्ट अर्थात् मृगशिरा क्षेत्रका तीन तारा आल्निटाक, आल्निलाम र मिन्टाकालाई माथितर्फ पछ्याउँदै जानुपर्नेछ जहाँ सेभेन सिस्टर्स वा एम४५ का नामले चिनिने चम्किलो खुला ताराहरुको गुच्छा प्लेइड्स देखिन्छ। अरुण प्लेइड्सभन्दा ठीक तल वृष तारामण्डलमा हुनेछ।

यसका अतिरिक्त फेब्रुअरी २८ मा चन्द्रमा पनि अर्को चर्चित ताराहरुको गुच्छासँगै रातको आकाशमा देखिनेछ। करिब ९२ प्रतिशत उज्यालो भएको वेक्सिङ गिब्बस नामको चन्द्रमा मौरीको चाकाजस्तै देखिने बीहाइभ क्लस्टर (एम४४ र एनजीसी २६३२) नजिक पुग्नेछ। करिब १,००० ताराहरू भएको यो चम्किलो गुच्छा सौर्यमण्डलबाट करिब ५७७ प्रकाशवर्ष टाढा छ।

ग्रहहरुको परेड सकिँदै जाँदा अर्को अझ आकर्षक दृश्य देखिनेछ। मार्च ३ मा पूर्ण “वर्म मून” पृथ्वीको गाढा छायाँबाट पार हुँदा पूर्ण चन्द्रग्रहण हुनेछ। यसलाई “ब्लड मून” पनि भनिन्छ किनकि ५८ मिनेटसम्म चन्द्रमाको सतह रातो–तामाको रङमा देखिन्छ। सम्पूर्ण ग्रहण पश्चिमी अमेरिका (अलास्का र हवाईसहित), प्रशान्त टापुहरू, न्यूजिल्याण्ड, अस्ट्रेलिया र पूर्वी एसियाबाट राम्रोसँग देखिनेछ।

प्रकाशित: १४ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

कामपाद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान

  • Technology Khabar
  • १४ फाल्गुन २०८२, बिहीबार