
काठमाडौं ।
एप्पलले अर्को दुई हप्ता भित्र पहिलो आईओएस २६.४ बिटा रोल आउट गर्ने भएको छ। नयाँ अपडेटले परिमार्जित, जेमिनी–संचालित सिरीको चयन गरिएका कम्पोनेण्टहरू प्रस्तुत गराउने ब्लूमबर्गका मार्क गर्मनले बताएका छन्।
गर्मनका अनुसार यदि थप ढिलाई नभएको खण्डमा पहिलो आईओएस २६.४ बिटा फेब्रुअरी २३ को हप्तामा विकासकर्ताहरूलाई जारी गरिने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
अपडेटले पूर्ण सिरी ओभरहाल प्रदान नगर्ने भए तापनि प्रयोगकर्ताहरूलाई चयन गरिएका नयाँ सुविधाहरू प्रयास गर्न अनुमति दिनेछ। पूर्ण रूपमा परिमार्जित, च्याटबोट–शैलीको सिरी जुनमा हुने एप्पलको ‘वर्ल्डवाईड डेभलपर्स कन्फरेन्स – डब्ल्यूडब्ल्यूडीसी’ (विश्वव्यापी विकासकर्ता सम्मेलन) मा आईओएस २७ सँगसँगै अनावरण गरिने भनिएको छ।
नयाँ सिरी बाहेक आईओएस २७ ले मुख्यतया बग फिक्स, कोड क्लिनअप, डिजाइन रिफाइनमेण्ट र समग्र सिस्टम पर्फर्मेन्स सुधारहरूमा ध्यान केन्द्रित गर्ने भनिएको छ।
प्रकाशित: २८ माघ २०८२, बुधबार