ताजा समाचार

ओप्पो के१४एक्स आधिकारिक रुपमा अनावरण

ओप्पो के१४एक्स आधिकारिक रुपमा अनावरण
फोटो सौजन्यः जीएसएमएरिना
Global IME Bank

ओप्पोले भारतमा नयाँ के–सिरिजको स्मार्टफोन अनावरण गरेको छ। ओप्पो के१४एक्स मिडियाटेक डाइमेन्सिटी ६३०० चिपसेट र ६.७५ इन्चको डिस्प्ले सहित आधिकारिक भएको छ। यो गत वर्षको डाइमेन्सिटी ६३०० एसओसीले सुसज्जित के१३एक्सको उत्तराधिकारी हो।

ओप्पो के१४एक्समा १,१२५ निट्ससम्मको अधिकतम ब्राइटनेसको साथै १२० हर्ज रिफ्रेस रेट र एचडी+ रिजोलुसन भएको एलसीडी डिस्प्ले रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

यो डिभाइसमा आफ्नो पूर्ववर्तीमा प्रयोग गरिएको उही डाइमेन्सिटी ६३०० चिपसेट रहेको छ। चिपसेट ६जीबी सम्मको एलपीडीडीआर४एक्स र्याम र १२८जीबी यूएफएस २.२ स्टोरेजसँग जोडिएको छ। साथै स्टोरेज माइक्रोएसडी कार्ड मार्फत विस्तार गर्न सकिन्छ।

क्यामरातर्फ के१४एक्समा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर र २ मेगापिक्सेलको डेप्थ सेन्सरसहितको डुअल रियर सेटअप रहेको छ। साथै फोनले ६०एफपीएस सम्मको १०८० पिक्सेल भिडियो रेकर्डिङको लागि समर्थन प्रदान गर्दछ भने अगाडिको भागमा ५ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ।

ओप्पो के१४एक्समा ६,५००एमएएच ब्याट्री छ र रिभर्स वायर्ड चार्जिङको साथ ४५वाट वायर्ड फास्ट चार्जिङलाई समर्थन गर्दछ।

फोनमा साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर, आईपी६४ रेटिङ, एलई सहितको ब्लुटुथ ५.४, ५जी, डुअल–ब्यान्ड वाईफाई ५ र ३.५एमएम हेडफोन ज्याक रहेको छ।

यो फोन भारतमा आइसी ब्लू र प्रिज्म भायोलेट रङ्ग विकल्पहरूमा खरिदको लागि उपलब्ध छ।

ओप्पो के१४एक्सको ४जीबी/१२८जीबी भेरियन्टको मूल्य १४,९९९ भारतीय रुपैयाँ (१६५ अमेरिकी डलर) र ६जीबी/१२८जीबी मोडेलको मूल्य १६,९९९ भारतीय रुपैयाँ (१८५ अमेरिकी डलर) कायम गरिएको छ।

Sajilo Visa
easy care