एनसेलको फाईवर जडान गर्ने काम गरिरहेको अवस्थामा ढिस्कोले पुरिएर एनसेल कर्मचारीको मृत्यु

  • Technology Khabar | २४ माघ २०८२, शनिबार
एनसेलको फाईवर जडान गर्ने काम गरिरहेको अवस्थामा ढिस्कोले पुरिएर एनसेल कर्मचारीको मृत्यु
सांकेतिक तस्विर

काठमाडौं ।

शिवसताक्षी नगरपालिका–११ मा माटोको ढिस्कोले पुरिएर शुक्रबार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सिरहा लहान बस्ने ३५ वर्षीय रमेशकुमार यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो। उनी एनसेलका कर्मचारी हुन्। शिवसताक्षी–११ सतासी खोलाको शाखा कल्भर्टमा एनसेलको फाईवर जडान गर्नलाई बनाएको जमिन मुनिको खाल्डोमा पसेर काम गरिरहेको अवस्थामा माटोको ढिस्को भत्किएर उनलाई पुरेको थियो।

घाइते यादवलाई स्थानीयको सहयोगमा दमकस्थित दमक अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव सोही अस्पतालमा रहेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रवक्ता खड्काले जानकारी दिए। रासस

प्रकाशित: २४ माघ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार