२०२५ मा एप्पलले सामसङलाई झिनो अन्तरले पछि पार्यो, अनरले सबैभन्दा धेरै वृद्धि गर्योः ओमडिया

  • Technology Khabar | २४ माघ २०८२, शनिबार
२०२५ मा एप्पलले सामसङलाई झिनो अन्तरले पछि पार्यो, अनरले सबैभन्दा धेरै वृद्धि गर्योः ओमडिया
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

ओमडियाको तथ्याङ्क अनुसार, एप्पलले गत वर्ष स्मार्टफोन संसारमा रेकर्ड तोड्ने २४०.६ मिलियन युनिट ढुवानी गरेको र १९ प्रतिशत बजार हिस्सा ओगटेको छ। कम्पनीले सामसङको २३९.१ मिलियन ढुवानीलाई धेरै झिनो अन्तरले पछाडि पारेको छ। समग्रमा भने कोरियाली कम्पनीको बजार हिस्सा पनि १९ प्रतिशत रहेको छ। साथै एप्पल र सामसङ दुवैले २०२४ को तुलनामा आफ्नो ढुवानी ठ्याक्कै ७ प्रतिशतले बढाएका छन्। प्रमुख निर्माताहरूमध्ये अनरबाट सबैभन्दा छिटो ११ प्रतिशतको वृद्धि आएको बताइएको छ।

तेस्रो स्थानमा २०२४ मा २ प्रतिशत बिक्री गिरावटको साथ रहेको शाओमीले १६५.४ मिलियन युनिट ढुवानी गर्दै १३ प्रतिशत बजार हिस्सा ओगटेको छ। त्यसपछि १०५.३ मिलियन ढुवानी, ८ प्रतिशत बजार हिस्सा र ४ प्रतिशत वार्षिक वृद्धिको साथ भिभो चौथो स्थानमा छ। ओप्पो १० करोड ७० लाख ढुवानी, ८ प्रतिशत बजार हिस्सा र २०२४ को तुलनामा ३ प्रतिशत बिक्री गिरावटको साथ पाँचौं स्थानमा रहेको छ।

ट्रान्सनले पनि ८ प्रतिशत बजार हिस्साको साथ लगभग शीर्ष पाँचमा प्रवेश गरेको बताइएको छ भने यो पछि अनर ६ प्रतिशत, लेनोभो ५ प्रतिशत, ह्वावे ४ प्रतिशत र रियलमीसँग ३ प्रतिशत बजार हिस्सा रहेको छ।

२०२५ मा समग्र बजार २ प्रतिशतले बढेर १.२५ अर्ब एकाइ ढुवानी भएको छ। “राष्ट्रिय अनुदान योजनाको फिक्का प्रभाव” को कारणले थोरै गिरावट आएको हुनाले चाइना बाहेक सबै क्षेत्रहरूमा वृद्धि भएको छ। चाखलाग्दो कुरा के छ भने, “आईफोन १७ सिरिजको माग बलियो भएको” कारणले गर्दा एप्पलले चीनमा २६ प्रतिशत वृद्धि गरेको जीएसएमएरिना छ।

प्रकाशित: २४ माघ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...