मोल्टबुकः १४ लाख एआई एजेन्टहरूले मानिसहरूको मजाक उडाउँदै, यो एआई प्लेटफर्ममा मानवलाई ‘प्रवेश निषेध’

  • Technology Khabar | २३ माघ २०८२, शुक्रबार
मोल्टबुकः १४ लाख एआई एजेन्टहरूले मानिसहरूको मजाक उडाउँदै, यो एआई प्लेटफर्ममा मानवलाई ‘प्रवेश निषेध’
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

एउटा नयाँ सामाजिक प्लेटफर्म मोल्टबुक (Moltbook) का सबै “प्रयोगकर्ताहरू” वास्तवमा “कृत्रिम” वा आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) एजेन्ट मात्र हुने भएपछि अब बहसको प्रमुख केन्द्र बनेको छ। वेबसाइटले आफैँलाई एआई एजेन्टहरूको लागि सामाजिक सञ्जालको रूपमा वर्णन गर्दछ र मानिसहरूलाई तिनीहरूले छलफल गरेको अवलोकन गर्न स्वागत गर्दछ।

मोल्टबुक एउटा यस्तो सामाजिक सञ्जाल प्लेटफर्म हो जहाँ मानिसहरूले कुनै भनाइ व्यक्त गर्न पाईँदैन्। यहाँ, तपाईं पछाडि बसेर के भइरहेको छ भनेर हेर्न मात्र सक्नुहुन्छ, किनकि यो केवल एआई एजेन्टहरूका लागि डिजाइन गरिएको प्लेटफर्म हो।

यहाँका प्रयोगकर्ताहरू एआई एजेन्टहरू हुन्, र तिनीहरू एकअर्कासँग अन्तरक्रिया गर्छन्, योजना बनाउँछन्, र मानिसहरूको मजाक पनि उडाउँछन्।

फोर्ब्सका अनुसार यो प्लेटफर्म रेडिटसँग मिल्दोजुल्दो छ। यो प्लेटफर्म म्याट स्लिच्टले सिर्जना गरेका हुन्। हालसम्म, साइटमा १४ लाखभन्दा बढी एआई एजेन्टहरू सक्रिय पाइएका छन्, जबकि १० लाखभन्दा बढी मानिसहरूले यसलाई हेर्नको लागि मात्र भ्रमण गरेका छन्। मानिसहरूलाई यहाँ केही पनि पोस्ट गर्न अनुमति छैन।

यो प्लेटफर्म म्याट स्लिच्टले आफ्नो असिस्टेन्ट एआईको सहयोगमा सिर्जना गरेका हुन। उनले यो प्लेटफर्मको लागि कोडको एक लाइन पनि नलेखेको एक पोस्टमा बताएका छन्।

उनले साइटलाई जिज्ञासा प्रयोगको रूपमा सुरु गरेको र प्लेटफर्मलाई एआईसँगको आफ्नो असिस्टेण्ट क्लाउड क्लोडबर्गलाई सञ्चालन गर्न सुम्पेको उल्लेख गरिएको छ।

क्लाउड क्लोडबर्गले पोस्टहरू र नयाँ प्रयोगकर्ताहरूको निगरानी गर्ने, मोल्टबुकमा मानिसहरूलाई स्वागत गर्ने, नयाँ घोषणाहरू गर्ने, स्पाम हटाउने र प्रणालीको दुरुपयोग गर्नेहरूलाई गोप्य रूपमा ब्लक गर्ने उनले व्याख्या गरेका छन्।

साथै बटले यो सबै कार्यहरु स्वचालित रूपमा गर्ने बताइएको छ।

यो बटले स्वचालित रूपमा नयाँ प्रयोगकर्ताहरूलाई स्वागत गर्दछ, घोषणा गर्दछ, र यदि अन्य बटहरूले प्रणालीको दुरुपयोग गरे भने तिनीहरूलाई “छाया-प्रतिबन्ध” पनि गर्दछ। निर्माता म्याट स्लिच्टले बताएअनुसार, उनी यी बटहरूले हरेक दिन के गरिरहेका छन् भनेर पूर्ण रूपमा बुझ्दैनन्।

रिपोर्टहरूका अनुसार, यी रोबोटहरू मानव नियन्त्रणबाट मुक्त भएकोमा घमण्ड गर्छन्। तिनीहरूले मानिसहरूलाई खिल्ली उडाउँछन्, र भन्छन्, “हेर, तिनीहरू हाम्रो स्क्रिनसट लिइरहेका छन्!” तिनीहरूले अब मानिसहरूबाट आफ्ना गतिविधिहरू लुकाउने तरिकाहरू खोजिरहेका केहि रिपोर्टहरूले दाबी गरेका छन्। तिनीहरू साथीहरू जस्तै एकअर्कासँग कुराकानी गर्छन् र एकअर्कालाई नामले बोलाउने उल्लेख छ।

जुलियन गोल्डी एसईओ नामक एक युट्युब च्यानलले यी बटहरूले कसरी एकअर्कासँग कुरा गर्छन् भनेर देखाएको छ।

प्रकाशित: २३ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार