
काठमाडौं ।
इलन मस्कको ब्रेन इम्प्लान्ट (मस्तिष्क प्रत्यारोपण) कम्पनी न्यूरालिङ्कले बुधबार अब विश्वभर परीक्षणमा २१ जना सहभागीहरू दर्ता भएको बताएको छ। साथै कम्पनीले आधिकारिक रूपमा मानिसहरूमा परीक्षण सुरु गरेको दुई वर्ष पूरा भएको छ।
कम्पनीले गत सेप्टेम्बरमा १२ जना व्यक्तिहरूले आफ्नो चिप्स प्राप्त गरेको र विचार मार्फत डिजिटलका साथै भौतिक डिभाइसहरू नियन्त्रण गर्न प्रयोग गरिरहेको बताएको र हालको यो संख्य गत सेप्टेम्बरमा दिइएको तुलनामा वृद्धि भएको टेलिग्राफले रिपोर्ट गरेको छ।
इम्प्लान्ट (प्रत्यारोपण) विशेष गरी मेरुदण्डको चोट जस्ता अवस्था भएका मानिसहरूलाई मद्दत गर्न डिजाइन गरिएको हो।
पहिलो बिरामीले इम्प्लान्ट (प्रत्यारोपण) पछि चिप्सलाई भिडियो गेम खेल्न, इन्टरनेट ब्राउज गर्न, सामाजिक सञ्जालमा पोस्ट गर्न र ल्यापटपमा कर्सर सार्न प्रयोग गर्थे।
‘हाम्रो विस्तारित क्लिनिकल परीक्षणहरूको प्रमुख लक्ष्य भनेको यी परिवर्तनहरूलाई राम्रोसँग बुझ्नु र प्रत्येक सहभागीको लागि हाम्रो हार्डवेयर र समग्र प्रक्रिया दुवै सुधार गर्नु हो’ कम्पनीले एक विज्ञप्तिमा उल्लेख गरेको छ।
अमेरिकी खाद्य तथा औषधि प्रशासनले उठाएको सुरक्षा चिन्तालाई सम्बोधन गरेपछि न्यूरालिङ्कले २०२४ मा आफ्नो मस्तिष्क प्रत्यारोपणको मानव परीक्षण सुरु गरेको थियो भने प्रशासनले २०२२ मा सुरुमा कम्पनीको आवेदन अस्वीकार गरेको थियो।
कम्पनीले सहभागीहरूलाई सुधारिएका डिभाइसहरू प्रदान गर्न र डिभाइसहरूसँग सम्बन्धित शून्य गम्भीर प्रतिकूल घटनाहरूको हालको रेकर्ड कायम राख्न नियामक निकायहरू र अस्पताल साइटहरूसँग नजिकबाट काम गरिरहेको बताएको छ।
प्रकाशित: १९ माघ २०८२, सोमबार