
काठमाडौं ।
दक्षिण अफ्रिकाका एक बुबा र छोराले ड्रोनको संसारमा नयाँ मानक स्थापित गरेका छन्।
उनीहरूको घरमै बनाइएको पेरेग्रिन भी४ नामक फ्लाइङि भेहिकलले ६५७.६ किलोमिटर प्रति घण्टाको रेकर्ड गति हासिल गरेको छ।
युट्युबर ल्यूक बेल र उनका बुबा माइक बेलले डिसेम्बर ११, २०२५ मा केप टाउनमा यो रेकर्ड हासिल गरेका थिए।
गिनिज वल्र्ड रेकड्र्स नियमहरू अनुसार उनीहरूको थ्रीडी प्रिन्टेड ड्रोनले विपरीत दिशामा दुई उडानहरूको क्रममा रेकर्डको औसत गति कायम गरेको टेलीग्राफले रिपोर्ट गरेको छ।
चारओटा परिमार्जित ९०० केभी इन्जिनहरूद्वारा संचालित ड्रोनको एयरोडाइनामिक्सलाई अनुकूलित गरिएको र ’प्रोपेलरहरू’ छोटो पारिएको छ।
ल्यूक र माइकले डिजाइनलाई परिष्कृत गर्न र ड्रोनको प्रत्येक कम्पोनेण्ट सुधार गर्न महिनौं बिताए थिए।
बेल परिवारले विश्वको सबैभन्दा छिटो क्वाडकोप्टरको उपाधि जितेको यो तेस्रो पटक हो र प्रत्येक पटक आफ्नो अघिल्लो रेकर्ड तोड्न सफल भएको उल्लेख गरिएको छ।
प्रकाशित: १८ माघ २०८२, आईतवार