
काठमाडौं ।
एप्पलले लगभग २ बिलियन अमेरिकी डलर मूल्यको कारोबारमा गोप्य इजरायली अडियो एआई स्टार्टअप क्यू डट एआई किनेको छ। यो अधिग्रहण एप्पलको इतिहासमा दोस्रो सबैभन्दा महँगो खरिद बनेको छ भने पहिलो स्थानमा बीट्सको अधिग्रहण रहेको छ।
क्यू डट एआई (Q.ai) विशेष गरी डिभाइसहरूलाई विसफर्ड स्पिच बुझ्न र चुनौतीपूर्ण वातावरणमा अडियो गुणस्तर बढाउन मद्दत गर्ने मेसिन लर्निङका एपीलकेसन जस्तो अडियोको लागि एआई प्रविधिमा काम गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
गत वर्ष, क्यू डट एआईले मुखबाट निस्केका वा बोलिएका शब्दहरू पत्ता लगाउन, व्यक्ति पहिचान गर्न र उनीहरूको भावना र मुटुको दर मूल्याङ्कन गर्न “फेसियल स्किन माइक्रोमुभमेण्टस्” (अनुहारको छालाको माइक्रोमूभमेन्ट) प्रयोग गर्न पेटेन्ट आवेदन दायर गरेको थियो।
सीईओ एवियाड मेइजेल्स र सह–संस्थापक योनाटन वेक्सलर र एभी बार्लिया सहित क्यू डट एआईका सबै १०० कर्मचारीहरू एप्पलमा सामेल हुनेछन्। मेइजेल्सले पहिले स्थापना गरेको प्राइमसेन्स एप्पलले २०१३ मा किनेको थियो र त्यसपछि फेस आईडीको लागि प्रविधि प्रयोग गरेको थियो।
प्रकाशित: १८ माघ २०८२, आईतवार