‘बङ्गलादेशमा निर्वाचनपूर्व एआई, कानून र व्यवस्थाको दुरुपयोगको चिन्ता’

  • Technology Khabar | १८ माघ २०८२, आईतवार
‘बङ्गलादेशमा निर्वाचनपूर्व एआई, कानून र व्यवस्थाको दुरुपयोगको चिन्ता’

काठमाडौं ।

बङ्गलादेशमा आसन्न चुनावले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती कानून र व्यवस्थाको अवस्था र निर्वाचन प्रक्रियाका लागि कृत्रिम बुद्धिमत्ता (एआई)को दुरुपयोग रहेको निर्वाचन विज्ञ जेस्मिन टुलीले शनिबार बताएका छन्।

एआईको अनुचित प्रयोग चुनावका लागि ठूलो चुनौती भएको उनले बताए।

बङ्गलादेश निर्वाचन आयोगका पूर्व अतिरिक्त सचिव जेस्मिन टुलीले भने, “कानुन र व्यवस्था र संसद् चुनाव र जनमत सङ्ग्रहमा सामाजिक सञ्जालमा एआई सामग्रीको प्रयोग अवदेखि निर्वाचनपूर्व देखिएका दुई प्रमुख चुनौती हुन्।”

बङ्गलादेशमा अल्पसङ्ख्यक समूहहरूले आगामी चुनावको पूर्वसन्ध्यामा हिन्दुलगायत अल्पसङ्ख्यकहरूमा उल्लेखनीय चिन्ता देखिएको छ । विभिन्न ठाउँहरूमा उनीहरूले आक्रमणको सामना गर्नुपरेको छ र विभिन्न प्रकारका उत्पीडनको अनुभव गरेका छन् । फलस्वरूप, आगामी चुनावको बारेमा उनीहरूको चिन्ता एकदम स्पष्ट छ।

बङ्गलादेशको आगामी चुनावमा अल्पसङ्ख्यक समुदायका लागि कुनै चिन्ता वा जोखिम छ कि छैन भनी सोधिएको प्रश्नमा उनले भने, “मलाई लाग्छ, उनीहरू कमजोर छैनन्, किनकि सबै मानिसहरूलाई थाहा छ । त्यहाँ धेरै कानून र व्यवस्था बलहरू छन् । त्यसैले उनीहरू कमजोर हुने सम्भावना नै छैन।”

निर्वाचन सुधार आयोगका सदस्य तुलीले एएनआईसँग भन्नुभयो, “यदि अवामी लिगलाई चुनावबाट अलग गरिएपनि यसले अल्पसङ्ख्यक समुदायलाई कुनै खतरा हुने छैन ।”

आन्दोलनको समयमा शेख हसिना सरकार ढलेपछि त्यसपछिको पहिलो चुनावमा उहाँको अवामी लिग पार्टीले भाग लिने छैन।

अन्तरिम सरकारले अवामी लिग र यसका विभिन्न सम्बद्ध सङ्गठनहरूमाथि कुनै गतिविधि गर्नबाट प्रतिबन्धित गरेको छ र निर्वाचन आयोगले पनि पार्टी दर्ता स्थगित गरेको छ। यसका कारण अवामी लिगले आगामी राष्ट्रिय संसदीय चुनाव र जनमत सङ्ग्रहमा भाग लिन पाउने छैन्।

सन् २०२४ जुलाईमा बङ्गलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई सोही वर्षको अगस्ट ५ मा भारत भाग्न बाध्य बनाएको थियो र त्यसपछि डा. मुहम्मद युनुसको नेतृत्वमा एक कामचलाउ सरकार गठन भएको थियो । रासस/एएनआई

प्रकाशित: १८ माघ २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार