चीन र अल्जेरियाबीच अन्तरिक्ष सहकार्यः नयाँ भूउपग्रह प्रक्षेपण

  • Technology Khabar | १७ माघ २०८२, शनिबार
चीन र अल्जेरियाबीच अन्तरिक्ष सहकार्यः नयाँ भूउपग्रह प्रक्षेपण
फाइल तस्बिर।

काठमाडौं ।

चीनले शनिबार अल्जेरियाका लागि एक भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

उक्त प्रक्षेपण उत्तरपश्चिम चीनको जियुचुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान १२ः०१ बजे (बीजिङ समय) ‘लङ मार्च–२ सी’ क्यारियर रकेटमार्फत सम्पन्न भएको हो । रकेटले अल्जेरियाली भूउपग्रहलाई निर्धारित कक्षमा राख्न सफल भएको छ।

यस भूउपग्रहको मुख्य उद्देश्य भूमि योजना, प्राकृतिक प्रकोपहरूको रोकथाम, जोखिम मूल्याङ्कन र प्रकोप व्यवस्थापनमा सहयोग गर्नु हो । यो प्रक्षेपण चीनको लङ मार्च रकेट श्रृङ्खलाको ६२९ औँ मिशनको रूपमा पनि चिनिन्छ, जसले चीनको अन्तरिक्ष प्राविधिक क्षमतामा निरन्तर उन्नति भएको सङ्केत गर्छ।

यो प्रक्षेपण चीन र अल्जेरियाबीचको अन्तरिक्ष सहकार्यको पनि उदाहरण हो, जसले दुवै देशलाई विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। रासस/सिन्ह्वा

प्रकाशित: १७ माघ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार