ड्रोनबाट मतदान स्थल निगरानी गरिने

  • Technology Khabar | १७ माघ २०८२, शनिबार
ड्रोनबाट मतदान स्थल निगरानी गरिने
सांकेतिक तस्विर

काठमाडौं ।

आसन्न प्रतिनिधि सभा निर्वाचन स्वच्छ, निष्पक्ष रशान्तिपूर्ण रूपमा सम्पन्न गराउन मधेश प्रदेशमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको दाबी सुरक्षा अधिकारीले गरेका छन्।

प्रदेशभर तीन तहको सुरक्षा परिचालन गरिनुका साथै अतिसंवेदनशील मतदान स्थलमा ड्रोन र सिसी क्यामरामार्फत निगरानीको व्यवस्था गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

यहाँका आठ जिल्लामा कुल दुई हजार १६० मतदान स्थल र चार हजार ४७१ मतदान केन्द्र छन् । तीमध्ये ५७ प्रतिशत अर्थात् एक हजार २३७ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा परेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक गोविन्द थपलियाका अनुसार मतदाताको चाप, निर्वाचन क्षेत्रको सामाजिक–सांस्कृतिक परिवेश, विगतका घटनाक्रम, भौगोलिक अवस्था, स्थानीय मनोभावना तथा राजनीतिक गतिविधि लगायतका आधारमा मतदान स्थलको वर्गीकरण गरिएको हो।

उनका अनुसार मधेश प्रदेशभरि निर्धारण गरिएका मतदान स्थलमध्ये एक हजार २३७ मतदान स्थल र दुई हजार ६१३ मतदान केन्द्र अतिसंवेदनशील, ७६३ मतदान स्थल र एक हजार ५५४ मतदान केन्द्र संवेदनशील तथा १६० मतदान स्थल र ३०४ मतदान केन्द्रलाई सामान्य श्रेणीमा वर्गीकरण गरी सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको छ।

निर्वाचनलाई ध्यानमा राखेर दुई हजार ६०० नेपाल प्रहरी र दुई हजार २९५ निर्वाचन प्रहरी परिचालनको तयारी गरिएको छ।

सशस्त्र प्रहरीले निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, निर्वाचन सुरक्षा बेस, मोबाइल टोली, स्ट्राइकिङ टोली र रिजर्भ फोर्समा जनशक्ति परिचालन गरेको छ। गोरखापत्रबाट

प्रकाशित: १७ माघ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...