वीरगञ्ज भन्सार हुँदै छ महिनामा १८ अर्बका सवारीसाधन आयात, ४५६ ओटा विद्युतीय गाडी भित्रिए

  • Technology Khabar | १६ माघ २०८२, शुक्रबार
वीरगञ्ज भन्सार हुँदै छ महिनामा १८ अर्बका सवारीसाधन आयात, ४५६ ओटा विद्युतीय गाडी भित्रिए
फाइल तस्बिर

काठमाडौं ।

वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू १८ अर्ब १५ करोड मूल्य बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात गरिएको छ । गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा छ अर्ब बढी मूल्यको सवारीसाधन र सवारीसाधनका पार्टपुर्जा आयात गरिएका हुन्।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत वर्षको तुलनामा सवारीसाधनको आयात ह्वात्तै बढेको बताए। चालु आवको छ महिनामा सवारीसाधन आयातबाट मात्रै रु १३ अर्ब ९८ करोड राजस्व सङ्कलन भएको छ।

जबकी गत आवको सोही अवधिमा रू १२ अर्ब ७७ करोडको सवारीसाधन भित्रिदा रू १० अर्ब २१ करोड राजस्व सङ्कलन भएको थियो । वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा रु ९३ करोड मूल्यका ४३४ ओटा जीप, कार र भ्यान आयात भएका छन् ।

त्यसैगरी रु चार अर्ब ५६ करोड मूल्यका ३२ हजार ३३१ ओटा मोटरसाइकल अन एसेम्बल्ड आयात भएको छ।

रू एक अर्ब छ करोड मूल्य पर्ने ३८० ओटा ट्रक, मिनी ट्रक आयात भएको छ। त्यसैगरी रू एक अर्ब २३ करोड मूल्य पर्ने १० हजार ७९७ वटा ट्याक्टर तथा ट्रिलर आयात भएको छ । रू एक अर्ब ३६ करोड मूल्य पर्ने ४५६ ओटा विद्युतीय जीप, कार र भ्यानहरु आयात भएको छ ।

प्रकाशित: १६ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार