६ महिनामा नेपाल भित्रिए साढे १२ अर्ब बराबरका ५ हजारभन्दा बढी विद्युतीय चारपाङ्रे सवारी, कुन देशबाट कति?

  • Technology Khabar | १६ माघ २०८२, शुक्रबार
६ महिनामा नेपाल भित्रिए साढे १२ अर्ब बराबरका ५ हजारभन्दा बढी विद्युतीय चारपाङ्रे सवारी, कुन देशबाट कति?
बिङ एआई क्रियटरमार्फत् सिर्जना गरिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को छैटौं महिना पुस मसान्तसम्ममा नेपालमा १२ अर्ब ५ करोड ४५ लाख ३८ हजार रुपैयाँ बराबरको ५ हजार ७१ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, इण्डोनेसिया र अमेरिका र बेलायत गरी विश्वका ८ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

माथि उल्लिखित परिमाण र सङ्ख्याका सवारी साधन आयातबाट सरकारले ७ अर्ब ४५ करोड ७९ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५० किलोवाटसम्म १०६० १७८९८९८
कार, जीप र भ्यान भारत ५० किलोवाटसम्म ५२५ ९२२३८०

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५१ देखि १०० किलोवाटसम्म २२५५ ५८०३९९९
कार, जीप र भ्यान भारत ५१ देखि १०० किलोवाटसम्म ३६० ९१६१४२
कार, जीप र भ्यान थाइल्याण्ड ५१ देखि १०० किलोवाटसम्म ४०१ ११३२९४०
कार, जीप र भ्यान बेलायत ५१ देखि १०० किलोवाटसम्म ४९८८

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन १०१ देखि २०० किलोवाटसम्म ४१४ ११९५१८७
पिक पावरयुक्त कार, जीप र भ्यान जर्मनी १०१ देखि २०० किलोवाटसम्म ६८५११
पिक पावरयुक्त कार, जीप र भ्यान भारत १०१ देखि २०० किलोवाटसम्म २८ ११९५६१
पिक पावरयुक्त कार, जीप र भ्यान द कोरिया १०१ देखि २०० किलोवाटसम्म १५७२५
पिक पावरयुक्त कार, जीप र भ्यान अमेरिका १०१ देखि २०० किलोवाटसम्म १० ४३२७८

 

२०१ देखि ३०० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान अस्ट्रिया २०१ देखि ३०० किलोवाटसम्म ६७९७
पिक पावरयुक्त कार, जीप र भ्यान चीन २०१ देखि ३०० किलोवाटसम्म ४७३२९
पिक पावरयुक्त कार, जीप र भ्यान अमेरिका २०१ देखि ३०० किलोवाटसम्म ४८४९

प्रकाशित: १६ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार