६ महिनामा नेपाल भित्रिए साढे १२ अर्ब बराबरका ५ हजारभन्दा बढी विद्युतीय चारपाङ्रे सवारी, कुन देशबाट कति?

  • Technology Khabar | १६ माघ २०८२, शुक्रबार
६ महिनामा नेपाल भित्रिए साढे १२ अर्ब बराबरका ५ हजारभन्दा बढी विद्युतीय चारपाङ्रे सवारी, कुन देशबाट कति?
बिङ एआई क्रियटरमार्फत् सिर्जना गरिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को छैटौं महिना पुस मसान्तसम्ममा नेपालमा १२ अर्ब ५ करोड ४५ लाख ३८ हजार रुपैयाँ बराबरको ५ हजार ७१ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, इण्डोनेसिया र अमेरिका र बेलायत गरी विश्वका ८ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

माथि उल्लिखित परिमाण र सङ्ख्याका सवारी साधन आयातबाट सरकारले ७ अर्ब ४५ करोड ७९ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५० किलोवाटसम्म१०६०१७८९८९८
कार, जीप र भ्यानभारत५० किलोवाटसम्म५२५९२२३८०

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५१ देखि १०० किलोवाटसम्म२२५५५८०३९९९
कार, जीप र भ्यानभारत५१ देखि १०० किलोवाटसम्म३६०९१६१४२
कार, जीप र भ्यानथाइल्याण्ड५१ देखि १०० किलोवाटसम्म४०१११३२९४०
कार, जीप र भ्यानबेलायत५१ देखि १०० किलोवाटसम्म४९८८

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन१०१ देखि २०० किलोवाटसम्म४१४११९५१८७
पिक पावरयुक्त कार, जीप र भ्यानजर्मनी१०१ देखि २०० किलोवाटसम्म६८५११
पिक पावरयुक्त कार, जीप र भ्यानभारत१०१ देखि २०० किलोवाटसम्म२८११९५६१
पिक पावरयुक्त कार, जीप र भ्यानद कोरिया१०१ देखि २०० किलोवाटसम्म१५७२५
पिक पावरयुक्त कार, जीप र भ्यानअमेरिका१०१ देखि २०० किलोवाटसम्म१०४३२७८

 

२०१ देखि ३०० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानअस्ट्रिया२०१ देखि ३०० किलोवाटसम्म६७९७
पिक पावरयुक्त कार, जीप र भ्यानचीन२०१ देखि ३०० किलोवाटसम्म४७३२९
पिक पावरयुक्त कार, जीप र भ्यानअमेरिका२०१ देखि ३०० किलोवाटसम्म४८४९

प्रकाशित: १६ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार