सामाजिक सञ्जालमा कानुन विपरीत अभिव्यक्ति दिई भ्रम सृजना गर्ने अर्का व्यक्ति पक्राऊ, अनुसन्धान जारी

  • Technology Khabar | १२ माघ २०८२, सोमबार

काठमाडौं ।

लोक आवाज युट्युब च्यानल लगायतबाट चुनावी प्रचार प्रसारको क्रममा सामाजिक सञ्जालबाट ‘जसले पृथ्वी नारायण शाहको विरोध गर्दछ त्यसको टाउको काटिन्छ, काट्नु पर्छ, म काट्न तयार हुन्छु’ भन्ने जस्ता सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका अभिव्यक्तिहरू दिएकोमा प्रहरीले एक जनालाई पक्राऊ गरी अनुसन्धान गरिरहेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिपक राज अवस्थीका अनुसार पक्राऊ पर्नेमा झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ घर भएका लिलाधर नेपालको छोरा वर्ष ५० को स्वागत नेपाल भन्ने भद्र प्रसाद नेपाल रहेका छन्।

पक्राऊ परेका उनले उक्त अभिव्यक्तिको सत्यता सम्बन्धमा ब्यूरोमा उपस्थित भई प्रारम्भिक सोधपुछका क्रममा ‘अब उप्रान्त यस्तो गलत अर्थ लाग्ने अभिव्यक्ति दिने छैन, कानुनको पालना गर्ने गरी अभिव्यक्ति दिने छु’ भनी लिखित कागज गरेकोले खोजी भएका बखत उपस्थित हुने गरी घटनाको अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

सामाजिक सञ्जाल लगायत अन्य डिजिटल प्लेटफर्महरूमा कानुन विपरीतका अभिव्यक्ति दिने तथा श्रव्य दृश्य सामाग्रीहरू प्रसारित गर्नेहरुमाथि समेत निगरानी भइरहेको र यस्ता गतिविधिमा संलग्नता पुष्टि भएमा कानुन बमोजिम कारबाही हुने ब्यूरोले जनाएको छ।

प्रकाशित: १२ माघ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार