
काठमाडौं ।
विश्वभर सामाजिक सञ्जाल ‘एक्स’ डाउन भएको छ। नेपालमा पनि सेवाग्राहीहरुले इलन मस्कको अधिनमा रहेको सामाजिक सञ्जाल एक्समा पहुँच पाउन सकेका छैनन्।
वेबसाइटहरु डाउन भएको तथ्यांक राख्ने डाउनडिटेक्टरकाअनुसार युजरहरुले एप, वेबसाइट र सर्भरमा समस्या भोगेको गुनासो देखिएको छ।
डाउनडिटेक्टरमा ७८ हजार भन्दा धेरैले गरेको गुनासोअनुसार, एक्सको एपमा ५७ प्रतिशतले समस्या भोगेका छन् भने ३३ प्रतिशतले वेबसाइटमा समस्या भोगेका छन्।
सेवाग्राहीले नेपाली समयअनुसार राती करिब ८ः३७ बजेदेखि समस्या भोगेको देखिन्छ।
प्रकाशित: २ माघ २०८२, शुक्रबार