
काठमाडौं ।
नागरिक एपमा रहेको राष्ट्रिय परिचयपत्र आइकन अचानक खुल्न छोडेको छ। नागरिक एपमा रहेको आईकन हराएको छैन तर आइकनमा क्लिक गरेपछि ‘सर्भिस इज करेन्टली अनएभाइलेबल। प्लिज ट्राई अगेन आफ्टर समटाइम‘ भन्ने मेसेज देखिन्छ।
राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) मा केही प्राविधिक समस्या आएको र यसको मर्मत कार्य जारी रहेकोले मर्मत कार्य पूरा नहुँदासम्मका लागि राष्ट्रिय परिचयपत्रसम्बद्ध विभिन्न सेवाहरु बन्द हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जानकारी दिएको छ।
विभागले आज एक विज्ञप्ति जारी गरी यसबारे सम्बन्धित सबैलाई जानकारी गराएको हो।
विभागले भनेको छ, ‘हिजो मिति २०८२ माघ १ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) मा केही प्राविधिक समस्या आएको र यसको मर्मत कार्य जारी रहेकोले सो कार्य पूरा नभएसम्म विभाग सम्बद्ध देहायका सेवाहरू अवरूद्ध भएको व्यहोरा सबै सरोकारवाला एवम् सेवाग्राहीहरूको जानकारीका लागि यो सूचना प्रवाह गरिएको छ । मर्मतको कार्य सम्पन्न हुनासाथ सेवा प्रवाह सूचारु हुने व्यहोरा जानकारी गराउँदछौं।’
विभागले राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र वितरण सम्बन्धी कार्य अफलाईन मार्फत् गर्न सकिने हुनाले सोही बमोजिम गर्ने गराउने व्यवस्था गराउन सबै राष्ट्रिय परिचयपत्र सेवा इकाईहरूलाई जानकारी गराउँदै सो कार्यमा सहयोग गरिदिन सेवाग्राही सर्वसाधारणलाई समेत अनुरोध गरेको छ।
अफलाईन मार्फत् राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएका सेवाग्राहीहरूलाई अनलाईन सेवा सुचारु भएपछि राष्ट्रिय परिचय नम्बर (राष्ट्रिय परिचयपत्र, एनआईएन) एसएमएस मार्फत प्राप्त हुने बताइएको छ।
‘राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरूद्ध हुन गएकोले यसबाट सर्वसाधारणमा पुग्न गएको असुविधाप्रति विभाग क्षमाप्रार्थी छौं,’ विज्ञप्तिमा उल्लेख छ।
अवरूद्ध हुने सेवाहरूः

यसअघि गत भदौमा भएको जेनजी आन्दोलनका बेला यातायात व्यवस्था विभागको सर्भर र भवन पूर्णरुपमा जलेको बेला सवारी चालक अनुमतिपत्र पनि नागरिक एपबाट गायब भएको थियो।
पछि विभागले सर्भरको डाटा सबै रिकभर गरेपछि उक्त सेवा नागरिक एपमा फिर्ता भएको थियो।
सम्बन्धित समाचार
यसकारण नागरिक एपबाट गायब भयो ड्राइभिङ लाइसेन्स सुविधा, कहिलेसम्म फर्केला?
प्रकाशित: २ माघ २०८२, शुक्रबार