सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको सरुवा, सञ्चार सचिवमा आइन बस्नेत

  • Technology Khabar | २ माघ २०८२, शुक्रबार
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको सरुवा, सञ्चार सचिवमा आइन बस्नेत
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल। फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको सरुवा भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको यस बारेमा जानकार स्रोतले टेक्नोलोजीखबरलाई बताएको छ।

उनको स्थानमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकै सचिव लक्ष्मी कुमारी बस्नेतलाई ल्याईएको छ।

सचिव अर्याललाई भने घिमिरे कार्यरत रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमै पठाईएको छ। दुबैको पद अदलाबदली गरिएको बताईएको छ।

प्रकाशित: २ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...