मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता २ करोड ७० लाख हाराहारी पुगे: टेलिकमका थपिए, एनसेलका घटे

  • Technology Khabar | १ माघ २०८२, बिहीबार
मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता २ करोड ७० लाख हाराहारी पुगे: टेलिकमका थपिए, एनसेलका घटे

काठमाडौं ।

नेपालमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या असोज मसान्तसम्म २ करोड ६९ लाख ४३ हजार ८६५ हाराहारी पुगेको छ।

यो सङ्ख्या चालु आर्थिक वर्षको सो अवधिसम्म थ्रीजी र फोरजी सेवा लिनेहरु मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताको समग्र आँकडा हो।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८२ मंसिर मसान्तसम्मको तथ्यांक अनुसार मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरुको संख्या अघिल्लो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ७ लाख ४० हजार २९३ ले बढेको हो। यो सङ्ख्या गत आर्थिक वर्षको मंसिर मसान्तसम्म २ करोड ६२ लाख ३ हजार ५७२ रहेको थियो।

२०८२ मंसिर् महिनाको समग्र २ करोड ६९ लाख ४३ हजार ८७५ ग्राहकमध्ये नेपाल टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या १ करोड ५१ लाख २२ हजार ६८९ रहेको छ।

यो सङ्ख्यामा टुजीका प्रयोगकर्ता शून्य छ भने थ्रीजीका ७ लाख १० हजार ११३ तथा फोरजीका १ करोड ४४ लाख १२ हजार ५७६ समावेश छन्।

तथ्यांकअनुसार एनसेलका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता  १ करोड, १८ लाख, २१ हजार १७६ रहेका छन्। यीमध्ये थ्रीजीका प्रयोगकर्ता ९१ हजार ५७२ र फोरजी १ करोड १७ लाख २९ हजार ६०४ रहेका छन्।

फोरजी

टेलिकमले थप्यो एनसेलले गुमायो 

२०८१ मंसिर मसान्तको तुलनामा २०८२ मंसिर मसान्तसम्म नेपाल टेलिकमले फोरजी सेवा लिने ग्राहक उल्लेख्य थपेको छ।

फोरजीका हकमा १ वर्षमा नेपाल टेलिकमले ११ लाख ५४ हजार १८१ ग्राहक थपेको छ। २०८१ मंसिर मसान्तसम्म नेपाल टेलिकमका फोरजी ग्राहक १ करोड ३२ लाख ५८ हजार ३९५ थिए भने २०८२ असारमा आइपुग्दा यो सङ्ख्या १ करोड ४४ लाख १२ हजार ५७६ पुगेको छ।

एनसेलले भने एक वर्षमा २ लाख ७२ हजार २८६ ग्राहक गुमाएको प्रतिवेदनले देखाएको छ। २०८१ मंसिर मसान्तसम्म एनसेलका फोरजी ग्राहक १ करोड २० लाख १ हजार ८९० थिए भने २०८२ मंसिरमा आइपुग्दा यो सङ्ख्या १ करोड १७ लाख २९ हजार ६०४ मा आइपुगेको छ।

थ्रीजी

टेलिकम र एनसेलले दुवैले गुमाए

२०८२ मंसिर महिनासम्ममा नेपाल टेलिकमले आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७१ हजार २२४ ले गुमाएको छ। हाल नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ता ७ लाख १० हजार ११३ रहेका छन्। यो आँकडा २०८१ असोज मसान्तसम्म २ लाख ३६ हजार ९६९ रहेको थियो।

एनसेलले पनि ७० हजार ३७० ग्राहक गुमाउँदै समग्रमा आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या ९१ हजार ५७२ मा झारेको छ। यो आँकडा २०८१ मंसिर मसान्तसम्म १ लाख ६१ हजार ९४२ रहेको थियो।

समग्रमा हेर्दा एक वर्षमा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता केही बढेका छन्। तीमध्ये नेपाल टेलिकमले  थ्रीजीमा गुमाएको र फोरजीमा थपेको छ भने त्यसको ठिक उल्टो एनसेलले भने थ्रीजी र फोरजी दुवैका प्रयोगकर्ता गुमाएको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: १ माघ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...