सानिमा बैंक र नेपाल क्लियरिङ्ग हाउस बीच नेशनल स्वीच कार्ड अन्तर्गत नेपालपे कार्ड नेटवर्कका लागि सम्झौता

  • Technology Khabar | १ माघ २०८२, बिहीबार
सानिमा बैंक र नेपाल क्लियरिङ्ग हाउस बीच नेशनल स्वीच कार्ड अन्तर्गत नेपालपे कार्ड नेटवर्कका लागि सम्झौता

काठमाडौं ।

सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस-नेशनल स्वीच कार्ड अन्तर्गत डोमेस्टिक कार्ड स्कीम नेपालपे कार्डको प्रमुख सदस्यताको लागि सम्झौता भएको छ।

उक्त सम्झौता पत्रानुसार एनपीएस-नेशनल स्वीच कार्डलाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरुको राउटिङ र सेटलमेन्टमा अन्तरसञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको हो।

सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत हेम राज संज्याल र नेपाल क्लियरिङ्ग हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १ माघ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...