
काठमाडौं ।
अनरले म्याजिक८ आरएसआर पोर्श एडिशनको लन्च मितिको आधिकारिक रूपमा घोषणा गर्दै डिभाइसको डिजाइनको खुलासा गरेको छ। कम्पनीले फोनको रङ विकल्पहरू पनि प्रदर्शन गरेको छ र हरेक कोणबाट डिभाइसलाई हाइलाइट गर्ने टिजर भिडियो जारी गरेको छ।
अनर म्याजिक८ आरएसआर पोर्श एडिशन जनवरी १९ मा म्याजिक८ प्रो एयर सँगसँगै चीनमा डेब्यू हुनेछ।
फ्ल्यागशिपमा ट्रिपल रियर क्यामराहरू पुनः डिजाइन गरिएको क्यामरा मोड्युलमा राखिएको हुनेछ। म्याजिक७ आरएसआर पोर्श एडिशनमा भने हेक्सागोनल डिजाइन रहेको थियो।
चीनमा बिक्रीको क्रमममा यो डिभाइस मुनलाइट स्टोन र स्लेट ग्रे रङ्ग विकल्पहरूमा उपलब्ध हुनेछ।
टिपस्टर डीसीएसले म्याजिक८ आरएसआर पोर्श एडिशनका केही प्रमुख स्पेसिफिकेशनहरूको बारेमा खुलासा गरेको छ। यो फोन १.५के रिजोल्युसन भएको ६.७१ इन्चको एलटीपीओ डिस्प्ले, स्न्यापड्रागन ८ एलिट जेन ५ एसओसी, १२० वाट वायर्ड र ८० वाटको तार बिनको चार्जिङ सपोर्ट भएको ७,२००एमएएच ब्याट्रीको साथ आउनेछ।
यो डिभाइसले ५० मेगापिक्सेलको मुख्य रियर सेन्सर, ५०मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा र ३.७× अप्टिकल जुम भएको २०० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो युनिट प्रदान गर्ने भनिएको छ। डिभाइसमा ५० मेगापिक्सेलको सेल्फी क्यामरा पनि हुने अनुमान गरिएको छ।
आगामी ह्यान्डसेटले २४जीबी र्याम र १टीबी स्टोरेज, आईपी६९के रेटिङ, थ्रीडी अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानर, स्याटेलाइट कम्युनिकेसन र समर्पित क्यामरा बटन प्रदान गर्न सक्ङ्गे जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ३० पुष २०८२, बुधबार