ओप्पो रेनो १५, रेनो १५ प्रो विशाल ब्याट्री र चम्किला नयाँ डिजाइनहरूका साथ भारतमा सार्वजनिक

  • Technology Khabar | ३० पुष २०८२, बुधबार
ओप्पो रेनो १५, रेनो १५ प्रो विशाल ब्याट्री र चम्किला नयाँ डिजाइनहरूका साथ भारतमा सार्वजनिक
फोटो सौजन्यः गीज्मोचाइना

काठमाडौं ।

ओप्पोको पछिल्लो रेनो १५ सिरिज आधिकारिक रूपमा भारतमा अवतरण गरेको छ। कम्पनीले प्रिमियम डिजाइनहरू, विशाल ब्याट्रीहरू र अन्य धेरै सुविधाहरूसहितका चारओटा फिचरयुक्त स्मार्टफोनहरू प्रस्तुत गरेको छ।

उन्नत इमेजिङ हार्डवेयर, सहज एएमओएलईडी स्क्रिनहरू र शक्तिशाली चिपसेटहरू सहितका रेनो १५ र रेनो १५ प्रो मोडेलहरूको बरेमा गीज्मोचाइनाले तयार पारेको रिपोर्ट हेरौं।

१. ओप्पो रेनो १५ः

नयाँ रेनो १५ सिरिजको बेस मोडेलको रूपमा रहेको ओप्पो रेनो १५ ले पर्फर्मेन्स र प्रिमियम डिजाइनको आकर्षक मिश्रण प्रदान गर्दछ। डिभाइसमा १.५के रेजोल्युसन भएको ६.५९ इन्चको एएमओएलईडी डिस्प्ले, १२०हर्ज रिफ्रेस रेट, १,२०० निट्ससम्मको पीक ब्राइटनेस र टिकाउपनको लागि ओप्पो क्रिस्टल शिल्ड ग्लास सुरक्षा रहेको छ।

स्ट्याण्डर्ड अप्सन (विकल्प) भए पनि डिभाइसले अझै पनि एयरोस्पेस ग्रेड एल्युमिनियम फ्रेम र सक (झट्का) प्रुफ डिजाइनको साथ पानी र धुलो प्रतिरोधको लागि आईपी६६ + आईपी६८ + आईपी६९ रेटिङ प्राप्त गरेको छ।

टिकाउ डिजाइनको साथ डिभाइसले होलोफ्यूजन टेक्नोलोजी पनि समावेश गरेको छ। डिभाइसको पछाडिको भागमा थ्रीडी भिजुअलहरू भएको बडीको साथ नयाँ चम्किलो नयाँ लुक प्रदान गरिएको छ।

रेनो १५ मा स्न्यापड्रागन ७ जेन ४ को साथ १२जीबी सम्मको एलपीडीडीआर५एक्स र्याम र ५१२जीबी सम्मको यूएफएस ३.१ स्टेरेज समावेश गरिएको छ। यो मोडेलमा रहेको ६,५००एमएएचको विशाल ब्याट्रीले ८० वाट वायर्ड फास्ट चार्जिङलाई समर्थन गर्दछ।

पछाडि, डिभाइसले ५० मेगापिक्सेलको मुख्य शूटर, ३.५× अप्टिकल जुम भएको ५० मेगापिक्सेलको टेलिफोटो लेन्स र ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स सहितको ट्रिपल क्यामरा सेटअप प्रयोग गर्दछ।

ओप्पो रेनो १५ को अगाडि सेल्फी र भिडियो कलहरूको लागि ५० मेगापिक्सेलको क्यामरा रहेको छ। साथै यो मोडेल एन्ड्रोइड १६ ओएसमा आधारित कलरओएस १६ कस्टम स्किनमा चल्दछ। अन्य उल्लेखनीय सुविधाहरूमा स्लिम ७.७५एमएम बडी, स्टेरियो स्पिकरहरू, आईआर ब्लास्टर, इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर, ब्लुटुथ ५.४ र वाईफाई ६ समावेश छन्।

२. ओप्पो रेनो १५ प्रोः

नयाँ रेनो १५ सिरिजको शीर्षमा ओप्पो रेनो १५ प्रो रहेको छ। बेस मोडेल जस्तै, ओप्पोले क्यामरा मोड्युल वरिपरि लेयर्ड ग्लास र डाइनामिक रिङ्ग एक्सेन्टहरू सहितको एक राम्रो डिजाइन भाषा प्रस्तुत गरेको छ।

डिभाइसमा १.५के रिजोल्युसन, १–१२०हट्र्ज भेरियबल रिफ्रेस रेट, ३६०० निट्सका पीक ब्राइटनेस र सुरक्षाको लागि ओप्पो क्रिस्टल शिल्ड ग्लासको साथ अग्लो ६.७८–इन्च एलटीपीओ ओएलईडी डिस्प्ले रहेको छ।

यो मोडेलमा मिडियाटेकको डाइमेन्सिटी ८४५० एसओसीको साथ १२जीबीको एलपीडीडीआर५एक्स र्याम र ५१२जीबी सम्मको यूएफएस ३.१ स्टोरेज रहेको छ। ओप्पोको रेनो १५ प्रो मोडेल एन्ड्रोइड १६ ओएसमा आधारित कलरओएस १६ कस्टम स्किनमा चल्दछ।

यो मोडेलमा वास्तवमा उन्नत क्यामरा प्रणाली रहेको छ। पछाडिको भागमा नयाँ २०० मेगापिक्सेलको प्राइमरी शूटर, ५० मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स र ३.५× अप्टिकल जुम भएको ५० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो शूटर सहितको ट्रिपल क्यामरा सेटअप छ। सेल्फीका लागि अगाडि अर्को ५० मेगापिक्सेलको क्यामरा समावेश गरिएको छ।

डिभाइसमा रहेको विशाल ६,५०० एमएएच ब्याट्रीले ८० वाट वायर्ड र ५० वाटको तार बिनाको फास्ट चार्जिङ समर्थन गर्दछ। अन्य उल्लेखनीय सुविधाहरूमा आईपी६६ + आईपी६८ + आईपी६९ रेटिङ, स्टेरियो स्पिकरहरू, आईआर ब्लास्टर, इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर, वाईफाई ६ र ब्लुटुथ ५.४ समावेश छन्।

३. मूल्य निर्धारण र उपलब्धताः

ओप्पोले भर्खरै भारतीय बजारमा रेनो १५ र रेनो १५ प्रो धेरै रङ विकल्पहरूमा घोषणा गरेको छ। रेनो १५ ग्लेशियर ह्वाइट, ट्वाइलाइट ब्लू र अरोरा ब्लू विकल्पहरूमा उपलब्ध छ भने रेनो १५ प्रो सनसेट गोल्ड र कोको ब्राउन कलरवेमा सूचीबद्ध गरिएको छ। यी धेरै स्टोरेज भेरियन्टहरूमा पनि बिक्री भइरहेका छन् भने मूल्य निर्धारण विवरणहरू यहाँ छन्ः

ओप्पो रेनो १५ः

  • ८ जीबी + २५६ जीबी – भारु ४५,९९९
  • १२ जीबी + २५६ जीबी – भारु ४८,९९९
  • १२ जीबी + ५१२ जीबी – भारु ५३,९९९

ओप्पो रेनो १५ प्रोः

  • १२ जीबी + २५६ जीबी – भारु ६७,९९९
  • १२ जीबी + ५१२ जीबी – भारु ७२,९९९

चिनियाँ टेक जायन्टले भारतमा लन्च गरेको रेनो १५ र रेनो १५ प्रोको पहिलो बिक्री १३ जनवरी २०२५ मा अमेजन, फ्लिपकार्ट, ब्रान्डको आधिकारिक वेबसाइट र अफलाइन खुद्रा विक्रेताहरू मार्फत सुरु हुनेछ। प्रि–अर्डरहरू पहिले नै लाइभ भइसकेका छन् भने रेनो १५ लाइनअपको लागि लन्च छुटहरू पनि उपलब्ध छन्।

प्रकाशित: ३० पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार