भिभो वाई५०० आईले डेब्यू गर्यो; फोनमा ७,२००एमएएच ब्याट्री समावेश

  • Technology Khabar | २९ पुष २०८२, मंगलवार
भिभो वाई५०० आईले डेब्यू गर्यो; फोनमा ७,२००एमएएच ब्याट्री समावेश
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

भिभोले चीनमा ठूलो ब्याट्री र नयाँ डिजाइनको साथ नयाँ वाई५०० सिरिज फोनको घोषणा गरेको छ। भिभो वाई५००आई गत वर्ष चीनमा अनावरण गरिएका वाई५०० र वाई५०० प्रोमा सामेल भएको छ।

भिभो वाई५००आईमा रहेको ७,२००एमएएच लिथियम–आयन ब्याट्रीले ४४ वाट द्रुत चार्जिङ समर्थन गर्दछ। यो फोनमा स्न्यापड्रागन ४ जेन २ एसओसीको साथ १२जीबी सम्मको र्याम र ५१२जीबीको इन्टरनल स्टोरेज समावेश गरिएको छ।

फोनको अगाडि रहेको ६.७५ इन्चको एलसीडी डिस्प्लेमा १२०हर्जको रिफ्रेस रेट र एचडी+ रिजोल्युसन उपलब्ध हुनेछ। यो प्यानलले १,२०० निट्स पीक ब्राइटनेस प्रदान गर्दछ भने सेल्फी क्यामराको लागि होल–पञ्च कटआउट पनि प्राप्त गरेको छ।

क्यामराहरूको बारेमा कुरा गर्दा वाई५००आईमा अटोफोकस र एफ/१.८ एपर्चरको साथ पछाडि सिङ्गल ५० मेगापिक्सेलको सेन्सर समावेश गरिएको छ। सेल्फीका लागि डिभाइसमा ५ मेगापिक्सेलकोको फ्रन्ट फेसिङ्ग युनिट उपलब्ध गराइएको छ।

फोनका अन्य विशेषताहरूमा आईपी६८/६९ रेटिङ, टिकाउपनको लागि एसजीएस गोल्ड लेबल फाइभ–स्टार सर्टिफिकेसन, डुअल–ब्यान्ड वाई–फाई, ब्लुटुथ ४.२, जीपीएस, यूएसबी–सी पोर्ट, ३.५ एमएम हेडफोन ज्याक, साइड–माउण्टेड फिङ्गरप्रिन्ट स्क्यानर र इन्फ्रारेड सेन्सर समावेश छन्।

भिभो वाई५००आईको मोटाइ ८.४९ एमएम र तौल २१९ ग्राम रहेको छ। यो फोन हाल चीनमा ग्यालेक्सी सिल्भर, फिनिक्स गोल्ड र ओब्सिडियन ब्ल्याक रङ्ग विकल्पहरूमा खरिदको लागि उपलब्ध छ।

यो फोनको बेस मोडेलको ८जीबी/१२८जीबी विकल्पको मूल्य १,४९९ चिनियाँ युआन (२१५ अमेरिकी डलर) कायम गरिएको छ। फोनको ८जीबी/२५६जीबी मोडेलको मूल्य १,७९९ चिनियाँ युआन (२५५ अमेरिकी डलर) रहेको छ भने ८जीबी/५१२जीबी भेरियन्टको मूल्य १,९९९ चिनियाँ युआन (२८५ अमेरिकी डलर) कायम गरिएको छ। फोनको १२जीबी/२५६जीबी र १२जीबी/५१२जीबी भेरियन्टको मूल्य क्रमशः १,९९९ चिनियाँ युआन (२८५ अमेरिकी डलर) र २,१९९ चिनियाँ युआन (३१५ अमेरिकी डलर) कायम गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २९ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...