मस्कको एक्सएआईले मिसिसिपीमा डाटा सेन्टरका लागि २० अर्ब डलरभन्दा बढी लगानी गर्ने

  • Technology Khabar | २६ पुष २०८२, शनिबार
मस्कको एक्सएआईले मिसिसिपीमा डाटा सेन्टरका लागि २० अर्ब डलरभन्दा बढी लगानी गर्ने

काठमाडौं ।

एलन मस्कको कृत्रिम बुद्धिमत्ता स्टार्टअप एक्सएआई ले मिसिसिपीको साउथहेभनमा डेटा सेन्टर निर्माण गर्न २० अर्ब डलरभन्दा बढी लगानी गर्ने भएको छ।

जेनेरेटिभ एआईको तीव्र विस्तारसँगै कम्प्युटिङ क्षमताको माग बढिरहेका बेला यो लगानी गरिएको राज्यका गभर्नर टेट रिभ्सले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गत वर्ष प्रविधि कम्पनीहरू र एआई हाइपरस्केलरहरूले पूर्वाधार विस्तारका लागि अर्बौं डलर लगानी योजना बनाएपछि डेटा सेन्टरप्रति चासो बढेको थियो। एक्सएआई को पछिल्लो विस्तारले ओपनएआईको च्याटजीपीटी र एन्थ्रोपिकको क्लाउडजस्ता अग्रणी एआई मोडेलहरूसँग प्रतिस्पर्धा गर्न अझ उन्नत मोडेल तालिम दिने कम्पनीको महत्वाकांक्षी योजनालाई देखाउँछ।

विज्ञप्तिअनुसार एक्सएआईले साउथहेभनमा फेब्रुअरी २०२६ देखि डाटा सेन्टर सञ्चालन सुरु गर्ने अपेक्षा गरेको रोयटर्सले उल्लेख गरेको छ।

मस्कले डिसेम्बर ३० मा “म्याक्रोहार्डआरआर” नामको डाटा सेन्टर खरिद गरेको घोषणा गरेका थिए। उनले यसले एक्सएआईको कम्प्युटिङ क्षमता २ गिगावाटसम्म पुर्‍याउने बताएका थिए, तर त्यतिबेला लगानी रकम र स्थानबारे विवरण दिएका थिएनन्।

गभर्नरको वक्तव्यअनुसार उक्त डाटा सेन्टर साउथहेभनमै एक्सएआईले हालै खरिद गरेको पावर प्लान्ट साइट र टेनेसीको मेम्फिसमा रहेको एक्सएआईको डाटा सेन्टर नजिकै छ।

मेम्फिसमा एक्सएआई को ‘कोलोसस’ नामको सुपरकम्प्युटर क्लस्टर रहेको छ, जसलाई विश्वकै सबैभन्दा ठूलोमध्ये एक भनेर प्रचार गरिएको छ।

ब्लूमबर्गको रिपोर्टअनुसार, एआई क्षेत्रमा रहेका स्टार्टअपहरूले महँगो र उन्नत डेटा सेन्टर हार्डवेयर किन्न अर्बौं डलर खर्च गर्ने भएकाले एक्सएआई ले यस वर्षका पहिलो नौ महिनामै ७.८ अर्ब डलर नगद खर्च गरिसकेको छ।

प्रकाशित: २६ पुष २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार