
काठमाडौं ।
सामसङको नयाँ पेटेन्टले भित्री र बाहिरी दुवैतिर फोल्ड हुने फ्लिप–शैलीको फोल्डेबलको पहिलो झलक प्रदान गरेको छ। उक्त पेटेन्ट ३६०–डिग्री हिञ्ज भएको फ्लिप–शैली डिभाइसको लागि स्केचहरू सहित वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टि अर्गनाइजेसन (डब्ल्यूआईपीओ) डाटाबेसमा देखा परेको बताइएको छ।
मुख्यधारको फ्लिप–शैली फोल्डहरू भन्दा फरक उक्त पेटेन्ट सूचीमा रहेको डिभाइसमा समर्पित कभर स्क्रिन भने छैन। स्केचहरूले डिभाइसको पछाडिको भाग र्याप हुने तवरले फोल्डिङ स्क्रिन बाहिरी रूपमा फोल्ड गर्न सकिने र भित्री रूपमा पनि फोल्ड गर्न सकिन्छ भनेर देखाएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
एक जटिल हिञ्ज संयन्त्र चाहिने यो तरिकाले दुबै दिशातर्फको झुकाइलाई समर्थन गर्नेछ भने यो पेटेन्ट वास्तवमा व्यावसायिक उत्पादनमा पुग्छ कि पुग्दैन भनेर हेर्नको को लागि पर्खनु पर्नेछ।
तस्बिरहरूले हिञ्जहरू डिभाइसको बीचमा नभएको देखाएको र डिभाइसको तल्लो भागलाई खुला छोड्ने बताइएको छ। साथै स्क्रिनको भागलाई भित्री रूपमा फोल्ड गर्दा यो देख्न सकिने छ। स्केचहरूले डिभाइसको पछाडि हुने भनेर मानिएको क्यामरा कटआउट जस्तो देखिने कुरा पनि देखाएको उल्लेख गरिएको छ।
सामसङले सामान्यतया ट्रेड शोहरूमा आफ्नो डिस्प्ले प्रगतिहरू प्रदर्शन गर्ने भएकोले यो पेटेन्टको प्रोटोटाइप भविष्यमा देख्ने आशा गरिएको छ।
प्रकाशित: २६ पुष २०८२, शनिबार