सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण

  • Technology Khabar | १२ पुष २०८२, शनिबार
सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण

काठमाडौं ।

नेपाली अटोमोबाइल क्षेत्रको उदयीमान ब्रान्ड नामीले आफ्नो कर्पोरेट सामाजिक उत्तर दायित्व पहल अन्तर्गत सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेनहोमका बालबालिकालाई आफ्नो शोरूममा स्वागत गरेको छ।

यो भ्रमण बालबालिकाका लागि खुसी र अर्थपूर्ण अनुभव सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ।साथै नामीको व्यवसायबाहेक समाजलाई योगदान दिने र खुसी बाँड्ने प्रयासलाई बलियो बनाउने अवसरकारूपमा यो भ्रमण सफल भएको बताइएको छ।

भ्रमणको सुरुमा नामीले बालबालिकालाई उनीहरूको आश्रयस्थलबाट स्नेहपूर्वक शोरूमसम्म ल्याएको थियो। त्यसपछि गराइएको शोरूमको गाइडेड टुरले बालबालिकालाई आत्मीयता, सम्मान र उत्साहको अनुभूति गरायो। भ्रमणअवधिभर नामी टिमले बालबालिकासँग अन्तरक्रिया गर्दै उनीहरूको अनुभवलाई रमाइलो र सम्झन लायक बनाएका थिए।

कम्पनीका अनुसार बालबालिकाको खुसीलाई अझै बढाउन नामीले जलपान र उपहारको व्यवस्था पनि गरेको थियो। साथै सान्ताक्लजसँगको रमाइलो भेटले पनिउनीहरूको उत्साह र आनन्द थप बढाउन सफल भयो।

सबैजना सँगै बसेर खानपिन गर्दै बिताएका क्षणहरूले सहजता र हर्षको वातावरण सिर्जना गरेको थियो, जसले बालबालिका र टिमका सदस्यहरू बीच आत्मीय सम्बन्ध स्थापित गराउन सफल भयो।

कम्पनीको दावी अनुसार यो भ्रमणको विशेष क्षणहरूमध्ये एक तस्बिरमा यी खुसीकापलहरूलाई कैद गर्नु पनि थियो। सबैले खुसी, एकता र ममताको प्रतीकका रूपमा सामूहिक तस्बिर खिचेर भ्रमणका रमाइला सम्झनाहरू सुरक्षित गरेका थिए। यी तस्बिरहरूले यो यादगार समय र सद्भावना बाँड्दा प्राप्त हुने साना तर गहिरा खुसीको सम्झना दिलाउने छन्।

‘स-साना स्नेही पहलहरूले बालबालिकाको जीवनमा दीर्घकालीन सकारात्मक प्रभाव पार्न सक्छ भन्नेमा नामी विश्वास राख्दछ। समुदाय केन्द्रित गतिविधिहरूमा निरन्तर साथ दिँदै भविष्यमा पनि यस्ता पहलहरू जारी राख्ने र जहाँ सम्भव छ त्यहाँ मुस्कान फैलाउँदै अर्थपूर्ण परिवर्तन ल्याउने कार्यमा नामी प्रतिबद्ध छ’, कम्पनीले जनाएको छ।

प्रकाशित: १२ पुष २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार