
काठमाडौं ।
चीनले शुक्रबार “हार्ड टेक्नोलोजी” क्षेत्रमा लगानी गर्न तीन वटा भेन्चर क्यापिटल कोष सुरु गरेको सरकारी प्रसारक सीसीटीभीले जनाएको छ।
प्रतिवेदनअनुसार ती कोषका लागि पूँजी योगदान योजना अन्तिम भइसकेको छ र प्रत्येक कोषको आकार ५० अर्ब युआन (करिब ७.१४ अर्ब अमेरिकी डलर) भन्दा बढी छ।
अधिकारीका अनुसार यी कोषहरूले मुख्यतः प्रारम्भिक चरणका स्टार्टअप कम्पनीहरूमा लगानी गर्नेछन् र लक्षित कम्पनीहरूको मूल्यांकन ५० करोड युआनभन्दा कम हुनुपर्नेछ। साथै, कुनै पनि एकल लगानी ५ करोड युआनभन्दा बढी नहुने स्पष्ट गरिएको छ।
यी कोषका सम्भावित लगानी क्षेत्रहरूमा एकीकृत सर्किट (सेमिकन्डक्टर), क्वान्टम प्रविधि, जैव–चिकित्सा, मस्तिष्क–कम्प्युटर अन्तरफलक (ब्रेन–कम्प्युटर इन्टरफेस), अन्तरिक्ष प्रविधि तथा अन्य प्रमुख हार्ड टेक्नोलोजी क्षेत्रका कम्पनीहरू समावेश छन्। इन्टरनेट सेवाजस्ता क्षेत्रहरूलाई भने “सफ्ट टेक्नोलोजी” अन्तर्गत वर्गीकृत गरिएको छ।
प्रकाशित: १२ पुष २०८२, शनिबार