सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तिको लोकप्रियतामा वृद्धिः अध्ययन

  • Technology Khabar | २९ मंसिर २०८२, सोमबार
सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तिको लोकप्रियतामा वृद्धिः अध्ययन
Social Media. From freepik.com

काठमाडौं ।

स्लोभेनियामा करिब एक तिहाइ नागरिकले सामाजिक सञ्जालमा सक्रिय प्रचारात्मक प्रभावशाली व्यक्तिहरूलाई नियमित रूपमा पछ्याउने गरेको पाइएको छ। ल्युब्ल्याना विश्वविद्यालयअन्तर्गत सामाजिक विज्ञान सङ्कायको सामाजिक सूचना विज्ञान केन्द्रले आइतबार सार्वजनिक गरेको अध्ययनले यस तथ्यलाई उजागर गरेको हो।

गत मे महिनामा एक हजार दुई सय बयसठ्ठी इन्टरनेट प्रयोगकर्तामाझ गरिएको सर्वेक्षणअनुसार अधिकांश उत्तरदातालाई वस्तु तथा सेवाको प्रचार गर्ने प्रभावशाली व्यक्तिहरूको जानकारी रहेको देखिएको छ। तीमध्ये एकतीस प्रतिशतले यस्ता व्यक्तिलाई नियमित रूपमा पछ्याउने बताएका छन्।

अध्ययनले तस्वीर तथा दृश्य सामग्रीमा आधारित सामाजिक सञ्जाल माध्यमहरू सबैभन्दा बढी लोकप्रिय रहेको उल्लेख गरेको छ। उत्तरदाताहरूले प्रभावशाली व्यक्तिलाई प्रायः विज्ञापन र प्रचारसँग सम्बन्धित रूपमा बुझ्ने गरेका छन्। यद्यपि यस्ता व्यक्तिहरूले उपभोक्ताको खरिद निर्णयमा प्रभाव पार्न सक्ने भए पनि त्यसको प्रभाव व्यक्तिअनुसार फरक हुने अध्ययनले देखाएको छ।

सर्वेक्षणअनुसार स्वदेशी प्रभावशाली व्यक्तिहरूको तुलनामा विदेशी प्रभावशाली व्यक्तिहरू बढी चर्चित रहेका छन्। यसैगरी, आभासी प्रभावशाली व्यक्तिप्रतिको चासो भने अत्यन्तै कम रहेको पाइएको छ, जसमा थोरै संख्याका सहभागीहरूले मात्र उनीहरूलाई पछ्याउने बताएका छन्।-रासस 

प्रकाशित: २९ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Disaster related hot line number ‘1234’ in operation in all districts

  • Technology Khabar
  • २९ मंसिर २०८२, सोमबार