Technology Khabar २९ मंसिर २०८२, सोमबार
काठमाडौं ।
सूचना प्रविधिको विकाससँगै पछिल्लो समय साइबर अपराधसम्बन्धी कसुरका मुद्दा दर्ता हुने क्रमसमेत बढेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको गत आर्थिक वर्ष र चालु आवको छ महिनाको तथ्याङ्कको तुलनामा यस वर्षको चार महिनामा साइबर अपराधसँग सम्बन्धित मुद्दाको सङ्ख्या बढी देखिन्छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले पछिल्लो समय प्रहरीकोमा साइबर अपराधसँग सम्बन्धित मुद्दा दर्ता हुने क्रम बढेको बताए।
उनले चालु आव २०६२/६३ को कात्तिक मसान्तसम्म प्रहरीकोमा साइबर अपराधसँग सम्बन्धित ५० वटा मुद्दा दर्ता भएको बताए। उनले पछिल्लो समय इसेवा, बैङ्क एकाउन्ट, फेसबुक तथा मेसेन्जरसँग सम्बन्धित मुद्दा धेरै आउने गरेको बताए।-रासस
प्रकाशित: २९ मंसिर २०८२, सोमबार