Technology Khabar २५ मंसिर २०८२, बिहीबार
काठमाडौं ।
चीनले बुधबार ‘लिजियन–१’ क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसमा संयुक्त अरब इमिरेट्सको एक उपग्रहसहित ९ वटा उपग्रहहरू थिए।
‘लिजियन–१’ चीनको हल्का तौलको व्यावसायिक रकेट हो, जसलाई सानो र मध्यम आकारका उपग्रहहरूलाई पृथ्वीको अन्य कक्षमा पठाउन डिजाइन गरिएको हो।
यो बहु–उपग्रह प्रक्षेपण क्षमतासहित छोटो समयमै उपग्रहहरूलाई योजनाबद्ध कक्षामा पुर्याउन सक्षम छ र प्रायः जियुक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रको नजिकैको व्यावसायिक अन्तरिक्ष जोनबाट प्रक्षेपण गरिन्छ। लिजियन–१ चीनको अन्तरिक्ष व्यवसायिकरण र अन्तर्राष्ट्रिय सहयोगमा प्रयोग हुने व्यावसायिक र अनुसन्धान उपग्रहहरूको लागि मुख्य रकेटका रूपमा काम गर्दछ।
यो रकेट बिहान १२:०३ बजे (बेइजिङ समय) जियुक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रको नजिकै रहेको डोङ्गफेङ्ग व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन पाइलट जोनबाट प्रक्षेपण गरिएको थियो। रकेटले सफलतापूर्वक उपग्रहहरूलाई योजनाबद्ध कक्षामा पठाएको छ।-रासस/सिन्ह्वा
प्रकाशित: २५ मंसिर २०८२, बिहीबार