एनसेलले आजबाट सुरु गर्यो नयाँ ९७१ रेञ्जको सिमकार्ड/मोबाइल नम्बर वितरण

  • Technology Khabar | २२ मंसिर २०८२, सोमबार
एनसेलले आजबाट सुरु गर्यो नयाँ ९७१ रेञ्जको सिमकार्ड/मोबाइल नम्बर वितरण

काठमाडौं ।

एनसेलले आजबाट आफ्नो नयाँ नम्बर रेञ्ज सुरुवात गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ मा यस एनसेल आजियाटा लिमिटेडलाई ९७१ बाट सुरु हुने नयाँ नम्बर रेञ्जको अनुमति प्रदान गरे बमोजिम कम्पनीले आम उपभोक्ताहरुको माग र सुविधालाई ध्यानमा राखेर आज मंसिर २२ देखि यो नयाँ नम्बर रेञ्जबाट सुरु हुने सीम/मोबाइल नम्बर उपलब्ध गराउन थालेको हो।

कम्पनीले आज एक सूचना जारी गरी यसबारे सम्बन्धित सबैलाई जानकारी गराएको हो।

हालसम्म कम्पनीले ९८०, ९८१, ९८२ र ९७० को रेञ्जमा भएका सिम/मोबाइलहरु वितरण गर्दै आएकोमा अब यो श्रृङ्खलामा ९७१ पनि थपिने भएको हो।

“बजारको अवस्थालाई ध्यानमा राखी नयाँ नम्बर रेञ्जको अनुमति प्रदान गरेकोमा हामी प्राधिकरणप्रति आभारी छौं। आवश्यक तयारी पश्चात नयाँ नम्बर रेञ्जका नम्बरहरु वितरण थालिएको छ। साधारण सञ्चार सेवा बाहेक डिजिटल कारोबार र विभिन्न सेवाहरु मोबाइलमार्फत नै लिने क्रम बढिरहेको हालको अवस्थामा नयाँ नम्बरहरुले उपझोक्ताका साथै सेवा प्रदायकहरुलाई समेत लाभ प्रदान गर्नेछ,” एनसेलका चीफ कन्जुमर विजनेस अफिसर उपङ् दत्तले भने।

नयाँ नम्बरहरु वितरणसँगै एनसेलले प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा मोबाइल प्रणालीमा आवद्ध भई विभिन्न प्रकारका सेवा तथा सुविधा प्रदान गर्ने सरकारी तथा गैर सरकारी संस्था, सेवाप्रदायक कम्पनी, कार्यलय, बैंक तथा वित्तीय संस्थाहरुलाई यो नयाँ नम्बर रेञ्ज आ–आफ्नो प्रणालीमा इन्टिग्रेट-अपडेट गर्न बाँकी रहेको भए चाँडै गर्ने अनुरोध पनि गरेको छ। चुस्त सेवा प्रवाहका लागि सेवा प्रदायकहरुले आफ्नो प्रणालीमा नयाँ नम्बर रेञ्ज इन्टिग्रेट-अपडेट गर्न आवश्यक छ।

दूरसञ्चार सेवाहरू बाहेक विविध सेवा, सुविधासँग सम्बन्धित वान टाइम पासवर्ड (ओटीपी) प्राप्त गर्न, मोबाइल एप तथा वेब–आधारित सेवाहरूमा साइन अप गर्न, र विभिन्न डिजिटल कारोबार गर्न मोबाइल नम्बर अत्यावश्यक हुन्छ।

सूचना प्रविधिको विकाससँगै डिजिटल भविष्यतर्फ उन्मुख भईरहेको हालको अवस्थामा, मोबाइल नम्बर विभिन्न सेवाहरू सहज र डिजिटल रूपमा लिन महत्वपूर्ण माध्यम बनेको कम्पनीको दावी छ।

प्रकाशित: २२ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • २२ मंसिर २०८२, सोमबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • २२ मंसिर २०८२, सोमबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • २२ मंसिर २०८२, सोमबार