मेटाको मिक्स्ड रियालिटी चश्मा २०२७ अघि बजारमा नआउने

  • Technology Khabar | २२ मंसिर २०८२, सोमबार
मेटाको मिक्स्ड रियालिटी चश्मा २०२७ अघि बजारमा नआउने
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

मेटाले बनाइरहेको नयाँ मिक्स्ड रियालिटी चश्मा २०२७ यता बजारमा नआउने भएको छ। बिजनेस इन्साइडरका अनुसार फिनिक्स कोडनेममा विकास भइरहेको यो चश्मा २०२६ को उत्तरार्द्धमा ल्याइने योजना भए पनि अब २०२७ को पूर्वार्द्धमा सारिएको छ।

टेकक्रञ्चका अनुसार फेसबुकको मूल कम्पनीले पहिले नै भीआर हेडसेट र रे-ब्यान स्मार्ट चश्मा बेच्दै आएको छ तर यो नयाँ मोडल केही भिन्न हुने बताइएको छ। यसको स्वरूप एप्पल भिजन प्रो जस्तै हुने र छुट्टै पावर स्रोत रहने बताइएको छ।

बिजनेस इन्साइडरले मेटाका कार्यकारीहरूको मेमो देखेको दावी गरेको छ जसमा ढिलाइको जानकारी दिइएको छ। मेमो बैठकपछि बनेको बताइएको छ जहाँ सीईओ मार्क जुकरबर्गले व्यवसायलाई दीर्घकालीन रूपमा टिकाउ बनाउन र उच्च गुणस्तरका अनुभव दिन थप समय लिन निर्देशन दिएको बताएका छन्।

कम्पनीका मेटाभर्स विभागका प्रमुख गेब्रियल औल र रायन कर्नेर्सले यो ढिलाइले “हामीलाई विवरणहरू ठीकसँग मिलाउन थप समय दिने” बताएका छन्। ब्लूमबर्गले यसै हप्ता मेटाले मेटाभर्स बजेट ३० प्रतिशतसम्म कटौती गर्ने योजना बनाएको खबर दिएको थियो।

प्रकाशित: २२ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Amazon surges to more than $3 tn in market value for 1st time

  • Technology Khabar
  • २२ मंसिर २०८२, सोमबार