रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम दाखिला गर्ने इन्टरनेट सेवा प्रदायकलाई ३५ दिने अल्टिमेटम

  • Technology Khabar | २१ मंसिर २०८२, आईतवार
रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम दाखिला गर्ने इन्टरनेट सेवा प्रदायकलाई ३५ दिने अल्टिमेटम

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम दाखिला गर्न सम्बन्धित सबै पक्षलाई ३५ दिने म्याद दिएको छ।

प्राधिकरणबाट इन्टर्नेट (ईमेल सहित ) सेवाको अनुमतिपत्र प्राप्त गरी सेवा सञ्चालन गरिरहेका विभिन्न सेवा प्रदायकहरूले विगत केही वर्षदेखि नेपाल सरकार र प्राधिकरणलाई नियमानुसार बुझाउनु पर्ने लेखा परीक्षण विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोष बापतको रकम निर्धारित समयभित्र बुझाउनु पर्नेमा बुझाएको नदेखिएकोले यो कदम अगाडि बढाइएको हो।

‘हालसम्म तिर्न बुझाउनु पर्ने बक्यौता रकम समेत नियमानुसार दाखिला गर्न प्राधिकरणबाट पटक-पटक पत्राचार, इमेल तथा सूचना मार्फत जानकारी गराउँदा समेत विवरण सहित बाँकी बक्यौता रकम दाखिला गरी जानकारी नगराई प्राधिकरणको सम्पर्कमा समेत नआएको हुँदा यो सूचना प्रकाशन भएको मितिले ३५ (पैंतीस) दिनभित्र नियमानुसारको विवरण, कागजात सहित बांकी बक्यौता रकम भुक्तानी गरी प्राधिकरणमा जानकारी गराउनका लागि यसै सूचना मार्फत सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ।

प्राधिकरणले उक्त अवधिभित्र विवरण तथा बक्यौता रकम दाखिला नगरेमा दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम कारवाहीको प्रक्रिया अगाडी बढाइने चेतावनी पनि दिएको छ।

सेवा प्रदायकको नामावली

सि नं सेवा प्रदायकको नाम/ठेगाना सि नं सेवा प्रदायकको नाम/ठेगाना
बेनी कम्युनिकेशन प्रा. लि., बेनी प्राइम नेटवर्क प्रा. लि., भरतपुर
ब्रोडब्याण्ड सोलुसन्स प्रा. लि., भण्डारा नेपाल नेट संचार, बिर्तामोड
बिग मर्स्याङ्दी नेट प्रा. लि., बेशीसहर साङ्गीला इन्फोम्याटिक्स प्रा. लि., अनामनर
डिभाइन स्ट्रिम नेटवर्क प्रा.लि., बत्तीसपुतली, काठमाडौँ सिम्पल मिडिया नेटवर्क प्रा. लि., भैंसेपाटी, ललितपुर
एभरेष्ट वायरलेस नेटवर्क प्रा. लि., नारायण नगरपालिका-१, दैलेख १० स्मार्टलिङ्क टेलिकम्युनिकेसन प्रा. लि.,
११ मेट्रोलिङ्क बिजनेस प्रा. लि.,  रुपन्देही १२ क्षिरेश्वर नेटवर्क प्रा. लि.,
१३ जी. आर. एस. लिङ्क इन्टरनेट सर्भिस प्रा.लि., दमौली, तनहुँ १४ पाल्स नेटवर्क प्रा.लि. बुटवल
१५ गोरेटो कम्युनिकेशन प्रा. लि., पोखरा-८, कास्की १६ अल्ट्रानेट कम्युनिकेसन प्रा. लि., बनेपा
१७ कालिका नेट प्रा. लि, स्याङ्जा १८ युनिफाइड कम्युनिकेसन प्रा. लि., दमक
१९ कृति दर्शन मिडिया प्रा. लि., सुनसरी २० यूनाईट नेटवर्कस् प्रा.लि., बर्दिबास

प्रकाशित: २१ मंसिर २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘InnoVision’ wins Mid-Valley’s ‘Build Nepal Hackathon 2026’, ‘Sentinaz’ named runner-up

  • Technology Khabar
  • २१ मंसिर २०८२, आईतवार