ताजा समाचार

रूसमा पुराना सवारीसाधनको आयातमा तीव्र वृद्धि

रूसमा पुराना सवारीसाधनको आयातमा तीव्र वृद्धि
Global IME Bank

रूसले यस वर्ष नोभेम्बरमा ५९ हजार आठ सय पुराना सवारीसाधन आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८३ प्रतिशतले बढी हो । उक्त तथ्याङ्क रूसी सवारी–विश्लेषण संस्था अटोसटाटका निर्देशक सेर्गेइ त्सेलिकोभले सार्वजनिक गर्नुभएको छ ।

सन् २०२५ का पहिलो ११ महिनामा रूसमा कुल चार लाख ४२ हजार ६ सय पुराना सवारीसाधन भित्रिएका छन्, जुन गत वर्षभन्दा २१ प्रतिशत वृद्धि हो । त्सेलिकोभका अनुसार नोभेम्बर महिनामा आयात उच्च हुनुको मुख्य कारण डिसेम्बर १ देखि लागू भएको फोहोर व्यवस्थापन शुल्क हो।

शुल्क वृद्धि लागू हुनु अघि नै व्यापारीहरूले ठूलो परिमाणमा अर्डर अघि सारेका थिए । आयात भएका पुराना सवारीसाधनमध्ये आधाभन्दा बढी सन् २०२१ र २०२२ मा निर्माण गरिएका थिए। जापान र दक्षिण कोरिया यस प्रकारका सवारी रूसमा पठाउने प्रमुख देश बनेका छन् । रासस/सिन्ह्वा

Sajilo Visa
easy care