रुसमा स्न्यापच्याट, रोब्लक्स र फेसटाइमलगायत एपमाथि प्रतिबन्ध

Technology Khabar २० मंसिर २०८२, शनिबार

काठमाडौं ।

रूसको राज्य सञ्चार निगरानी निकायले विदेशी मेसेजिङ प्लेटफर्महरूविरुद्ध कारबाही कडा बनाउँदै बिहीबार स्न्यापच्याटलाई ब्लक गरेको छ, त्यसको केही घन्टाअघि मात्र एप्पलको फेस टाइम सेवा सीमित गरिएको थियो।

रोस्कोम्नाड्जोरले राज्य सञ्चारमाध्यममा प्रकाशित विज्ञप्तिमा स्न्यापच्याटदेशभित्र “आतङ्ककारी गतिविधि आयोजना र सञ्चालन गर्न” तथा ठगी र अन्य आपराधिक गतिविधि सहज बनाउन प्रयोग भइरहेको आरोप लगाएको छ।

फोटो र भिडियो सन्देश हराउने सुविधाका कारण चर्चित यो एपका २०२२ मा रूसमा ७६ लाख प्रयोगकर्ता थिए। नियामकले यही दिन एप्पलको फेस टाइममा आवाज र भिडियो कलमा लगाइएका प्रतिबन्धबारे पनि उस्तै व्याख्या दिएको थियो। व्हाट्सएप र टेलिग्राममा प्रतिबन्धपछि रूसमा व्यापक रूपमा पहुँच योग्य रहेका अन्तिम प्रमुख भिडियो कल सेवा मध्ये फेसटाइम एक हो।

यी कदमहरू रोस्कोम्नाड्जोरले देशमा करिब १० करोड प्रयोगकर्ता भएको सबैभन्दा लोकप्रिय मेसेजिङ सेवा व्हाट्सएपमाथि दबाब बढाइरहँदा आएका हुन्।

टेलिग्राफका अनुसार निगरानी निकायले गत साता मेटा स्वामित्वको सेवाले रूसका डाटा स्थानीयकरण कानुन नमानेको र शंका गरिएका आतङ्कवादी गतिविधिसँग जोडिएका बारम्बार कानुनी उल्लङ्घन गरेको भन्दै पूर्णरूपमा ब्लक गर्न सकिने चेतावनी दिएको थियो।

फेस टाइम र स्न्यापच्याटमा लगाइएका प्रतिबन्धभन्दा एक दिनअघि रोस्कोम्नाड्जोरले अमेरिकी स्वामित्वको गेमिङ प्लेटफर्म रोब्लक्सलाई पहुँचमा रोक लगाएको थियो। उसले रोब्लक्सले उग्रवादी सामग्री वितरण गरेको, “एलजीपीटी प्रचार” गरेको र “बालबालिकाको आध्यात्मिक तथा नैतिक विकासमा नकारात्मक प्रभाव” पारेको आरोप लगाएको थियो। रोब्लक्स २०२३ मा रूसमा सबैभन्दा धेरै डाउनलोड भएको मोबाइल गेम थियो। 

प्रकाशित: २० मंसिर २०८२, शनिबार

तपाइको प्रतिक्रिया