धादिङमा एआई प्रयोगसम्बन्धी तालिम

  • Technology Khabar | १९ मंसिर २०८२, शुक्रबार
धादिङमा एआई प्रयोगसम्बन्धी तालिम
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

धादिङमा ‘विकास पत्रकारिता र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग सम्बन्धी तालिम सम्पन्न भएको छ। नेपाल पत्रकार महासङ्घ धादिङ शाखाको आयोजनामा बेनीघाट रोराङ गाउँपालिकाको ५, चैलिङमा सञ्चालित तीनदिने तालिम बिहीबार सम्पन्न भएको हो।

सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्ने र एआईको प्रयोगद्वारा पत्रकारिता क्षेत्रलाई थप अब्बल बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको महासङ्घका अध्यक्ष सीताराम अधिकारीले बताए।

“पत्रकारले एआईको सहायताले अझ आकर्षक र तथ्य आधारित ढङ्गले प्रस्तुत गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो,” अध्यक्ष अधिकारीले भने। उनले एआईलाई पूर्ण भरपर्दो स्रोत नभई सहायक सामग्रीका रूपमा प्रयोग गर्न सकिने बताए।

तालिममा धादिङ जिल्लाभित्र रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत २८ जना पत्रकारको सहभागिता रहेको थियो। तालिममा गोरखापत्रका उपसम्पादक अजय शर्माले कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबारे प्रशिक्षण दिनुभएको थियो।

आजको गोरखापत्रबाट

प्रकाशित: १९ मंसिर २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘InnoVision’ wins Mid-Valley’s ‘Build Nepal Hackathon 2026’, ‘Sentinaz’ named runner-up

  • Technology Khabar
  • १९ मंसिर २०८२, शुक्रबार