Technology Khabar १७ मंसिर २०८२, बुधबार
काठमाडौं ।
गुगलले आफ्नो सम्पूर्ण उत्पादन लाइनमा जेमिनी ३ सुरु गरेसँगै साम अल्टम्यानले ओपनएआईका कर्मचारीहरूलाई आगामी महिनाहरू कठिन हुन सक्ने चेतावनी दिएका छन्।
मोडेल तालिममा गुगलको बढ्दो शक्तिबारे चेतावनीले संकेत गरेको उलेख गरिएको छ।
‘यो परिवर्तनले वास्तविक आर्थिक दबाब सिर्जना गर्न सक्छ किनकि धेरै मानिसहरूले जेमिनी ३ लाई च्याटजीपीटी जस्ता टुल्ससँग तुलना गर्दछन् र फराकिलो एआई बजार अपेक्षा भन्दा छिटो परिवर्तन हुन्छ’ अल्टम्यानले उल्लेख गरे।
साथै सोही समयमा, जेमिनी ३ को सार्वजनिक प्रतिक्रियाले थप दबाब थपेको उल्लेख गरिएको छ।
सेल्सफोर्सका सीईओले उनी तीन वर्षदेखि हरेक दिन च्याटजीपीटी प्रयोग गर्दै आएको तर दुई घण्टा पछि रिजनिङ (तर्क), स्पिड (गति), ईमेज (तस्बिर) र भिडियोमा वृद्धि महत्त्वपूर्ण महसुस गरेको हुनाले जेमिनी ३ मा स्विच गरेको भन्दै पोस्ट गरेको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १७ मंसिर २०८२, बुधबार