चार महिनामा ९ करोडमाथिको स्मार्टवाच भित्रियो: सबैभन्दा धेरै चीनबाट

  • Technology Khabar | १० मंसिर २०८२, बुधबार
चार महिनामा ९ करोडमाथिको स्मार्टवाच भित्रियो: सबैभन्दा धेरै चीनबाट

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को चौथौ महिना असोज मसान्तसम्म साढे ९ करोड माथिको स्मार्टवाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को उक्त अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा ९ करोड ९ लाख ७७ हजार बराबरको ३५ हजार ६२२ थान स्मार्टवाच आयात भएको छ। कार्तिक मसान्तसम्म स्मार्टवाचका लागि यो रकम देशबाहिर जाँदा सरकारले २ करोड ७३ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा नेपालमा विश्वका १७ मुलुकबाट उक्त  स्मार्टवाच आयात भएको देखिन्छ यो आँकडा अघिल्लो महिनासम्म २३ हजार ३९४ थान रहेको थियो। यसरी हेर्दा एक महिनामा १२ हजार २२८ थान स्मार्टफोन आएको देखिन्छ। रकम पनि एक महिनामा  ३ करोड ७२ लाख ८५ हजार रुपैयाले बढेको देखिन्छ।

उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै ३१ हजार ५४३ थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य ६ करोड ७० लाख ८१ हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट ६७ लाख ९३ हजार बराबरको ३ हजार ५७५ थान र भियतनामबाट १ करोड ५२ लाख ९७ बराबरको ३६१ थान स्मार्टवाच भित्रिएको छ।

यस्तो छ विवरण:

क्रसं देश विवरण रकम (हजारमा)
अस्ट्रेलिया २४
क्यानडा
चीन ३१५४३ ६८१७०
भारत ३५७५ ६७९३
इजरायल
कुवेत २० १६
मलेसिया
 ओमन
फिलिफिन्स ५१
१० कतार
११ साउदी अरेबिया ११
१२ ताइवान १६५
१३ थाइल्याण्ड ८६
१४ यूएई ५६ १२९
१५ बेलायत १४ १३१
१६ अमेरिका ९९
१७ भियतनाम ३६१ १५२९७

 

प्रकाशित: १० मंसिर २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • १० मंसिर २०८२, बुधबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • १० मंसिर २०८२, बुधबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • १० मंसिर २०८२, बुधबार