अमेरिकी सरकारको लागि “एआई र सुपरकम्प्युटिङ क्षेत्रमा अमेजनले गर्यो ५० अर्ब डलरसम्मको प्रतिबद्धता

Technology Khabar १० मंसिर २०८२, बुधबार

काठमाडौं ।

अमेजन डट कमले सोमबार अमेजन वेब सर्भिसेजका अमेरिकी सरकारी ग्राहकहरूको लागि आर्टिफिसियल इन्टेलिजेन्स र सुपरकम्प्युटिङ क्षमताहरू विस्तार गर्न ५० अर्ब अमेरिकी डलर सम्मको लगानी गर्ने बताएको छ।

सन् २०२६ मा सुरु हुने अपेक्षा गरिएको यो परियोजनाले उन्नत कम्प्युटिङ र नेटवर्किङ प्रविधिहरूले सुसज्जित डाटा केन्द्रहरू निर्माण गरेर एडब्ल्यूएस टप सेक्रेट, एडब्ल्यूएस सेक्रेट र एडब्ल्यूएस गभक्लाउड क्षेत्रहरूमा लगभग १.३ गिगावाट आर्टिफिसियल इन्टेलिजेन्स र हाई–पर्फर्मेन्स कम्प्युटिङ क्षमता थप्ने उल्लेख गरिएको छ।

अमेरिकी सरकारको लागि एडब्ल्यूएस क्लाउड क्षेत्रहरू डाटा संवेदनशीलताको बढ्दो स्तरमा आधारित रहेका छन्। क्लाउड इकाईले हाल ११,००० भन्दा बढी अमेरिकी सरकारी एजेन्सीहरूलाई सेवा दिएको बताइएको छ।

“अमेजनले अझै पनि क्लाउड बजारको नेतृत्व गरिरहेको भए पनि गुगल र ओरेकलले तीव्र गति लिँदै जाँदा एआई–सम्बन्धित क्लाउड वृद्धिमा कम्पनीले स्थान गुमाएको छ, जसले गर्दा ठूला स्तरका पूर्वाधार प्रतिबद्धताहरू आवश्यक रणनीति बनेका छन्” इमार्केटर विश्लेषक ज्याकब बोर्नले भने।

ओपनएआई, अल्फाबेट र माइक्रोसफ्ट लगायतका प्रविधि कम्पनीहरूले एआई पूर्वाधार विकास गर्न अर्बौं डलर खर्च गरिरहेका छन् जसले गर्दा सेवाहरूलाई समर्थन गर्न आवश्यक कम्प्युटिङ पावरको माग बढिरहेको छ।

एक गिगावाट कम्प्युटिङ पावर लगभग ७५०,००० औसत अमेरिकी घरपरिवारलाई उर्जा दिन पर्याप्त हुने उल्लेख गरिएको छ।

विज्ञहरूका अनुसार, अमेरिका चीनसँग एआई दौडमा रहेको र आफ्नो नेतृत्व कायम राख्न आफ्नो एआई क्षमतामा उल्लेखनीय रुपमा वृद्धि गर्नेछ भनि टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १० मंसिर २०८२, बुधबार

तपाइको प्रतिक्रिया