बे एरियालगायत अन्य क्षेत्रमा पनि रोबोट्याक्सी चलाउन वेमोले पायो अनुमति

  • Technology Khabar | ९ मंसिर २०८२, मंगलवार
बे एरियालगायत अन्य क्षेत्रमा पनि रोबोट्याक्सी चलाउन वेमोले पायो अनुमति
फाइल तस्बिर

काठमाडौं ।

गुगलको राइड हेलिङ सेवा वेमोले अब क्यालिफोर्नियाको अझ धेरै क्षेत्रमा पूर्ण रूपमा स्वचालित रूपमा चल्ने अनुमति प्राप्त भएको छ।

अहिले नै सान फ्रान्सिस्को, सिलिकन भ्याली, र लस एन्जलसमा (र क्यालिफोर्नियाबाहिर एटलान्टा, अस्टिन र फिनिक्समा पनि) सञ्चालनमा रहेको वेमोले यसबारे गत शुक्रबार जानकारी गराएको हो।

तर क्यालिफोर्निया डिपार्टमेन्ट अफ मोटर भेहिकल्सले प्रकाशित गरेको नक्साले अब कम्पनीलाई बे एरिया र दक्षिण क्यालिफोर्नियाका धेरै ठूलो क्षेत्रमा परीक्षण र सेवा विस्तार गर्न सक्ने देखाएको छ।

बे एरियामा वेमोलाई पूर्वी बे र उत्तरी बे (नापा/वाइन कन्ट्रीसहित) को अधिकांश भागमा साथै साक्रामेन्टोसम्म स्वचालित गाडी चलाउन अनुमति छ। दक्षिण क्यालिफोर्नियामा यो क्षेत्र लस एन्जलसको उत्तरी भाग सान्ता क्लारिटाबाट लिएर सान डिएगोसम्म फैलिएको छ। केही क्षेत्रहरूमा भुक्तानी लिएर सवारी सेवा दिन कम्पनीले थप नियामक अनुमोदन लिनुपर्नेछ, सान फ्रान्सिस्को क्रोनिकलले जनाएको छ।

वेमोले यी नयाँ स्थानहरूमा सेवा कहिले सुरू गर्ने भनेर विस्तृत जानकारी नदिए पनि, “अर्को स्टप: २०२६ को बीचतिर सान डिएगोमा यात्रु स्वागत!” भनेर लेखेको टेकक्रञ्चले उल्लेख गरेको छ।

कम्पनीले पहिले नै सान डिएगोका साथै ड्यालस, डेनभर, डेट्रोइट, ह्युस्टन, लस भेगास, मायामी, नासभिल, ओर्लान्डो, सान एन्टोनियो, सियाटल र वासिङ्टन डीसीमा सेवा सुरु गर्ने योजना घोषणा गरिसकेको छ।

गत केही हप्तामा वेमोले धेरै विस्तारसम्बन्धी जानकारी सार्वजनिक गरेको छ। कम्पनी मिनियापोलिस, न्यु अर्लियन्स र टाम्पामा प्रवेश गर्दैछ; मायामीमा व्यावसायिक सेवा सुरु गर्नुअघि सुरक्षा ड्राइभरहरू हटाउँदैछ र लस एन्जलस, सान फ्रान्सिस्को तथा फिनिक्समा अब फ्रीवे प्रयोग गर्ने सवारी पनि उपलब्ध हुनेछन्।

प्रकाशित: ९ मंसिर २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘InnoVision’ wins Mid-Valley’s ‘Build Nepal Hackathon 2026’, ‘Sentinaz’ named runner-up

  • Technology Khabar
  • ९ मंसिर २०८२, मंगलवार