जीपले पहिलो अल–टेरेन इलेक्ट्रिक भेहिकल अनावरण गर्यो

  • Technology Khabar | ८ मंसिर २०८२, सोमबार
जीपले पहिलो अल–टेरेन इलेक्ट्रिक भेहिकल अनावरण गर्यो

काठमाडौं ।

जीपले २०२२ मा पहिलो पटक घोषणा गरेको २०२६ जीप रिकन नामक इलेक्ट्रिक एसयूभीको उत्पादन अर्को वर्षदेखि सुरु हुने भएको छ। यसै क्रममा जीपले मोआब संस्करणमा लन्च गर्ने नयाँ रिकनको बारेमा विवरणहरू जारी गरेको छ।

रिकनमा रहने दुई इलेक्ट्रिक मोटरहरूले कुल ६५० हर्सपावर उत्पादन गर्नेछ। जीपको यो इलेक्ट्रिक एसयूभी ३.६ सेकेन्डमा ६० माइल प्रतिघण्टाको गतिमा पुग्न सक्ने उल्लेख गरिएको छ।

रिकनमा भित्र ड्राइभर डिस्प्ले र केन्द्रीय इन्फोटेनमेन्ट स्क्रिनगरी दुईओटा ठाडो स्क्रिनहरू रहने बताइएको छ।

रिकनमा कुनै बटनहरू भने समावेश नगरिने र डिजिटल एचभीएस नियन्त्रणहरू रहने बताइएको छ। रिकनको सिटमुनि स्पिकरहरू सहितको प्रिमियम अल्पाइन अडियो प्रणाली हुनेछ।

जीपले अर्को वर्षको सुरुमा मेक्सिकोमा रहेको आफ्नो टोलुका एसेम्बली प्लान्टमा रिकन निर्माण सुरु गर्ने बताइएको छ। एसयूभी पहिले अमेरिका र क्यानडामा बिक्रीको लागि उपलब्ध हुनेछ भने त्यसपछि विश्वव्यापी रूपमा वितरण गरिनेछ। साथै जीपले बिक्रीको मिति नजिकै मूल्यहरू घोषणा गर्ने टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ८ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘InnoVision’ wins Mid-Valley’s ‘Build Nepal Hackathon 2026’, ‘Sentinaz’ named runner-up

  • Technology Khabar
  • ८ मंसिर २०८२, सोमबार