Technology Khabar १ मंसिर २०८२, सोमबार
काठमाडौं ।
नेपाल टेलिकमको आ.व.२०८२/८३ को प्रथम त्रैमासिकसम्मको मुनाफामा कमी आएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासिकमा मुनाफामा ६६ करोड ५५ लाख ६ हजार (अर्थात् १२.२९ प्रतिशत) ले कमी भएको छ।
यस आ.व. को प्रथम त्रैमासिकसम्म Earnings Before Interest, Taxes, Depreciation and Amortization (EBITDA) रु. ४ अर्व ७५ करोड ४ लाख ७१ हजार रहेको छ। उक्त रकम गत आ.व. को सोही अवधिको कर अघिको मुनाफा रु. ५ अर्व ४१ करोड ५९ लाख ७७ हजारको तुलनामा रु. ६६ करोड ५५ लाख ६ हजार (अर्थात् १२.२९ प्रतिशत) ले कमी भएको छ।
यस आ.व. को प्रथम त्रैमासिकसम्म कर अघिको मुनाफा रु. २ अर्व ८८ करोड २१ लाख १६ हजार रहेको तथ्यांकमा उल्लेख छ। उक्त रकम गत आ.व. को सोही अवधिको कर अघिको मुनाफा रु. ३ अर्व ५५ करोड ३६ लाख ९४ हजारको तुलनामा रु. ६७ करोड १५ लाख ७८ हजार (अर्थात् १८.९० प्रतिशत) ले कमी भएको छ।
यस आ.व. को प्रथम त्रैमासिकसम्म खुद मुनाफा रु. १ अर्व ३२ करोड ५१ लाख ७५ हजार रहेको छ। उक्त रकम गत आ.व. को सोही अवधिको खुद मुनाफा रु. १ अर्व ७३ करोड ९५ लाख ९० हजारको तुलनामा रु. ४१ करोड ४४ लाख १५ हजार (अर्थात् २३.८२ प्रतिशत) ले कमी भएको हो।
यस्तै कुल संचालन आयमा पनि कमी आएको देखिएको छ। प्रथम त्रैमासिकसम्म कुल सञ्चालन आय रु. ८ अर्व ६७ करोड ९५ लाख १५ हजार रहेको छ। उक्त रकम गत आ.व. को सोही अवधिको कुल सञ्चालन आय रु. ८ अर्व ६८ करोड १ लाख ८६ हजारको तुलनामा रु. ६ लाख ७१ हजार (अर्थात् ०.०१ प्रतिशत) ले कमी भएको हो।
यस आ.व. को प्रथम त्रैमासिकसम्म कुल आय रु. ९ अर्व ४७ करोड १० लाख ५१ हजार रहेको। उक्त रकम गत आ.व. को सोही अवधिको कुल आय रु. १० अर्व ६ करोड ३७ लाख 35 हजारको तुलनामा रु. ५९ करोड २६ लाख ८५ हजार (अर्थात् ५.८९ प्रतिशत) ले कमी भएको छ।
विवरणअनुसार कम्पनीको प्रति शेयर आम्दानी (annualized) रु. २९.४५ रहेको छ।
कम्पनीकाअनुसार गत आ.व. को तुलनामा यस आ.व. मा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणहरु निम्नानुसार रहेको छ:-
प्रकाशित: १ मंसिर २०८२, सोमबार