सीटीईभीटीले अबदेखि शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड समावेश गर्ने

  • Technology Khabar | १ मंसिर २०८२, सोमबार
सीटीईभीटीले अबदेखि शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड समावेश गर्ने

काठमाडौं ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले अबदेखि शैक्षिक प्रमाण पत्रमा क्यू. आर. कोड समावेश गर्ने भएको छ।

परिषदको परीक्षा नियन्त्रण कार्यालयबाट आईटीएमएस अनलाइनमार्फत् जारी हुने डिप्लोमा/प्रमाणपत्र तहको ट्रान्सक्रिप्ट र प्रि-डिप्लोमा तहको मूल प्रमाणपत्रमा क्यूआर कोड समावेश गरिने भएको हो।

परिषदले आज एक सूचना जारी गरी यसबारे सम्बन्धित सबैलाई जानकारी गराएको हो।

‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालयबाट आईटीएमएस अनलाइन बाट जारी हुने डिप्लोमा / प्रमाणपत्र तहको ट्रान्सक्रिप्टमा र प्रि-डिप्लोमा तहको मूल प्रमाणपत्रमा मिति २०८२/०८/०१ देखि लागू हुने गरी क्यू. आर. कोड समावेश गरी प्रमाण पत्र जारी गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ।

प्रकाशित: १ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १ मंसिर २०८२, सोमबार